close

भोजले अब पार्सल डेलिभरी पनि गर्ने

टेकपाना टेकपाना

फागुन १४, २०७९ १०:३३

भोजले अब पार्सल डेलिभरी पनि गर्ने

काठमाडौं । अनलाइन फड डेलिभरी सेवा दिँदै आएको कम्पनी भोजले अब पार्सल डेलिभरी पनि गर्ने भएको छ । हालै कम्पनीले पार्सल पिकअप र डेलिभरी गर्ने फिचर 'भोज फ्ल्याश' सार्वजनिक गरेको हो ।

'जे पनि जता पनि' नारासहित कम्पनीले ल्याएको यो सेवामा एक ठाउँबाट अर्को ठाउँमा डकुमेन्ट, लत्ताकपडा, एक्सेसरिज, मर्मत गर्नुपर्ने सामान अथवा पसलबाट ल्याउनुपर्ने सामानको पिकअप र ड्रप गरिने कम्पनीले बताएको छ ।

यो फिचर कम्पनीको मोबाइल एपभित्र रहेको छ ।

कम्पनीले ३ किलोमिटरभित्र डेलिभरी गरेको शुल्क ९९ रुपैयाँ, ७ किलोमिटरभित्र डेलिभरी गरेको शुल्क १४९ रुपैयाँ र ७ किलोमिटरभन्दा बढी दूरीमा डेलिभरी गर्दा १९९ रुपैयाँ लिने बताएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १२:३९