काठमाडौं । ग्राफिक्स डिजाइनिङ सिक्दै हुनुहन्छ वा सिक्ने तयारीमा हुनुहुन्छ भने इलुस्ट्रेसन वा भेक्टर इमेज निकै उपयोगी हुन्छन् । यस प्रकारका चित्र आफैं तयार पार्न सकिन्छ । तर ग्राफिक्स डिजाइनिङको क्षेत्रमा नयाँ हुनुहुन्छ भने गाह्रो हुनसक्छ । यसैले आफ्नो डिजाइनमा अरुले पहिल्यै बनाएका इलुस्ट्रेसन वा भेक्टर प्रयोग गर्न सकिन्छ ।
आज हामी यस्ता केही वेबसाइटबारे जानकारी दिँदै छौं, जहाँबाट तपाईंले नि:शुल्क रुपमा इलुस्ट्रेसन वा भेक्टर डाउनलोड गर्न सक्नुहुन्छ:
यस वेबसाइटमा हरेक हप्ताजसो नयाँ नयाँ भेक्टर इभेज थपिरहेको हुन्छ । यसमा थुप्रै प्रकारका भेक्टरहरू उपलब्ध छन् ।
तपाईंले कुनै पनि भेक्टरको कीवर्ड राखेर सर्च गर्न सक्नुहुन्छ । यस वेबसाइट विशेष गरेर इन्फोग्राफिक्स, डेटा इलुस्ट्रेसनका लागि उपयुक्त रहेको छ । यसमा एआई, ईपीएस, एसभीजी, सीआरडी, पीडीएफ लगायतका फाइल फर्म्याट सपोर्ट गर्छ ।
यस वेबसाइटमा नि:शुल्क लाखौं इलुस्ट्रेसन रहेका छन् । यसमा मनिमलिस्टिक डिजाइनदेखि रङ्गिन इमेज रहेका छन् । यस प्लेटफर्मको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) नाम गरेको आफ्नै परियोजना रहेको छ ।
यसैले तपाईंले आफ्नो काममा यहाँ भएका भेक्टरहरू सिधैं सजिलैसँग प्रयोग गर्न सक्नुहुन्छ ।
यसमा छ लाख ५० हजार बढी भेक्टर, इलुस्ट्रेसन रहेका छन् । जसलाई आफ्नो काममा प्रयोग गर्न सकिन्छ । वेबसाइटमा ‘फ्री लाइसेन्स’ र ‘प्रो लाइसेन्स’ गरी दुई प्रकारका क्याटेगाेरी रहेका छन् ।
त्यस्तै यसमा विभिन्न प्रकारका डिभाइस र लेआउटमा सुहाउँदो विभिन्न भेक्टर रहेका छन् । साथै दैनिक रुपमा रिफ्रेस हुन्छ । योसँगै यस वेबसाइटमा भिडिओको पनि सङ्कलन रहेकाे छ ।
यसमा इलुस्ट्रेसनसँगै हजारौं संख्यामा नि:शुल्क स्टक इमेज, फन्ट आदि छन् । यदि तपाईंलाई कुनै पनि डिजाइन मन परे यहीँ नै एडिट गर्न सकिन्छ । यसबाट कुनै पनि डिजाइनलाई विभिन्न फाइल फर्याम्टमा डाउनलोड गर्न सकिन्छ ।
त्यस्तै तपाईंलाई राम्रो डिजाइन गर्न आउँछ भने यहाँबाट कमाइ पनि गर्न सक्नुहुन्छ ।
यसमा विविध कामका लागि आवश्यक पर्ने इलुस्ट्रेटर थुप्रै रहेका छन् । यो वेबसाइट प्रयोगका लागि एकदम सजिलो छ । यहाँ इलुस्ट्रेटरहरूको रङ सजिलै फेर्न सकिन्छ । यहाँ भएका सबै इलुस्ट्रेटरहरूको ओपेन सोर्स वेबसाइटमा उपलब्ध गराइएको छ । त्यस्त यी सबै एसभीजी फाइल हुन् ।
यसकारण सजिलै आफूलाई चाहिएको आकारमा यी इलुस्ट्रेसन प्रयोग गर्न सकिन्छ ।
यसमा विभिन्न थिममा आधारित रहेका नि:शुल्क इलुस्ट्रेसनहरू रहेका छन्, जसलाई वेबसाइटबाट नै आफूअनुकूल परिमार्जन गर्न सकिन्छ । यसबाट उच्च गणस्तरका इलुस्ट्रेटर डाउनलोड गर्न सकिन्छ ।
यसमा विभिन्न थिम जस्तो; स्टार्टअप, एजुकेसन, हेल्थ आदिका धेरै इलुस्ट्रेटर उपलब्ध छन् । त्यस्तै यसमा आइकनहरू र एनिमेटेड ग्राफिक्सहरू पनि रहेका छन् ।
२०१८ मा सुरू भएकाे यो वेबससाइटमा 'पेड प्लान' पनि छन् । तर ग्राफिक्स डिजाइन सिक्दै गरेकालाई नि:शुल्क प्लान नै पर्याप्त हुन्छ ।
यीबाहेक पनि थुप्रै वेबसाइट छन्, जहाँबाट हामीले नि:शुल्क रुपमा इलुस्ट्रेटर भेक्टर इमेज पाउन सक्छौं । ओपेन डुडल्स, आउच, ह्युमान्स, भिभिड, इन्टरफेस, मेनिपिक्सेल लगायतका वेबसाइटबाट आफूले चाहेको जस्तो इलुस्ट्रेसन डाउनलोड गर्न सकिन्छ ।