close

भिभो स्मार्टफोनको मूल्य घट्यो

टेकपाना टेकपाना

फागुन १८, २०७९ १३:३६

भिभो स्मार्टफोनको मूल्य घट्यो

काठमाडौं । भिभोले नेपाली बजारमा दुई स्मार्टफोन मोडेलको मूल्य घटाएको छ ।

कम्पनीले भी२५ई र वाई१५सी मोडलको मूल्य तीन/तीन हजार रुपैयाँले घटाएको हो ।

अब भी२५ई (८+१२८ जीबी) स्मार्टफाेन ३९ हजार ९९९ मा खरिद गर्न सकिनेछ ।

त्यस्तै वाई१५सी १४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यो नयाँ मूल्य नेपालका सबै रिटेल स्टोर र ई-कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ १३:३६