close

आवाजलाई टेक्स्टका रूपमा लेन्समा देखाउने ओप्पोको ‘एयर ग्लास टु’

टेकपाना टेकपाना

फागुन २०, २०७९ ९:१४

आवाजलाई टेक्स्टका रूपमा लेन्समा देखाउने ओप्पोको ‘एयर ग्लास टु’

काठमाडौं । ओप्पोले यसपालीको मोबाइल वर्ल्ड कंग्रेसमा कुनै फ्लागशिप फोन सार्वजनिक गरेन । स्मार्ट डिभाइसमा बढी केन्द्रित भएको ओप्पोले विभिन्न ओप्पो एयर टु ग्लास  टु, जेरो पावर ट्याग र वाई-फाई सिक्स इजिमेश राउटरकाे प्राेटाेटाइप सार्वजनिक गरेको छ ।

कस्तो छ ओप्पोको एयर ग्लास टु ?

ओप्पोको एयर ग्लास टु एसिस्टेड रियालिटी ग्लास हो । यसको अर्थ यो ग्लासले प्रयोगकर्ताको भिजनलाई डिस्टर्भ नगरी आवश्यकता अनुसार विभिन्न कुराहरू डिस्प्लेमा देखाउन सक्छ । यसमा ओप्पोले एसआरजी डिफ्र्याक्टिभ वेभगार्ड लेन्स समावेश गरेको छ । जसका माध्यमबाट प्रयोगकर्ताले आफूलाई मिल्ने गरी फोकस एडजस्ट (भिजन करेक्सन) गर्न सक्छन् ।

एयर ग्लास टुमा एक जोडी माइक्रोएलईडी डिस्प्ले रहेको छ । जसमा १००० निट्सको ब्राइटनेस भएको कम्पनीले उल्लेख गरेको छ ।

उक्त ग्लासको फ्रेमलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्छन् । ३८ ग्राम तौल भएको उक्त ग्लासले एआर भीआर हेडसेटकै काम गरे पनि सामान्य ग्लास जस्तै देखिन्छ ।

यसलाई फोनसँग कनेक्ट गरेर कल गर्ने, मेसेज पढ्ने, नोटिफिकेसन हेर्न वा नेभिगेसन थाहा पाउन प्रयोग गर्न सकिन्छ । ओप्पले यस डिभाइसमा भाषा अनुवाद गर्नेदेखि आवाजलाई टेक्स्टमा बदल्नेसम्म सुविधा दिन्छ । यसले सुनाइमा समस्या हुने मानिसहरूलाई सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

यस ग्लासमा क्वाल्कमको स्न्यापड्रागन ४१०० प्रोसेसर प्रयोग गरिएको छ । जुन हाइ-इन्ड स्मार्टवाचमा प्रयोग हुन्छ । २०० एमएएच क्षमताको ब्याट्रीलाई तीन घण्टासम्म लगातार प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यस ग्लासको प्रेममा रहेको म्याग्नेटिक पिनमार्फत चार्ज गर्न सकिने बताइएको छ ।

दुवै फ्रेमको छेउमा बटन हुनेछ । जसका माध्यमबाट डिभाइसलाई कन्ट्रोल गर्न सकिन्छ । डिभाइसमा भएको म्याप्स, क्यालेन्डर, टेलिप्रोम्प्टर सबै सोही बटनबाट कन्ट्रोल गर्न सकिन्छ ।

एयर ग्लास टु अहिले एक अवधारणाकै अवस्थामा छ । यसको अर्थ डिभाइस उत्पादन हुन्छ/ हुँदैन, बजारमा उपलब्ध हुने/ नहुने भन्नेबारे कुनै आधिकारिक जानकारी आइसकेको छैन ।

यससँगै कम्पनीले जेरो पावर ट्याग र वाई-फाई सिक्स राउटर पनि सार्वजनिक गरेको छ । यी दुवै प्रोटोटाइप डिभाइस व्यावसायिक प्रयोजनका लागि कहिले बजारमा आउँछन् भन्ने स्पष्ट छैन ।

 

 

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ ९:१४