close

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा ‘रिफन्ड’ पाइने

टेकपाना टेकपाना

फागुन २४, २०७९ १७:२०

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा  ‘रिफन्ड’ पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले 'रिफन्डेबल एयरलाइन्स टिकेट' सेवा सार्वजनिक गरेको छ । परीक्षणकै चरणमा रहेको यो फिचर कम्पनीले मंगलबार सफ्ट लन्च गरेको हो ।

यसका माध्यमबाट अब आइएमई पे प्रयोगकर्ताले नन-रिफन्डेबल (शुल्क फिर्ता नहुने) एयरलाइन्स टिकेटलाई रिफन्डेबल (शुल्क फिर्ता हुने) टिकटमा परिणत गर्न सक्नेछन् । यसबारे टेकपानासँग कुरा गर्दै कम्पनीका प्रमुख बजार अधिकृत (सीएमओ) सञ्जीव न्यौपानेले याे फिचर अहिले परीक्षणकै क्रममा रहेपनि ग्राहकमाझ उपलब्ध भइसकेको जानकारी दिए  ।

यसका लागि आइएमई पेबाट एयरलाइन्स टिकेट खरिद गर्दा अन्तिम चरणमा 'आइएमई पे रिफन्डेबल' को अप्सन इनेबल गर्नुपर्ने हुन्छ । यो शुल्क टिकटको १० प्रतिशत हुन्छ ।

यदि केही गरी आफूले उक्त टिकट रद्द गर्नुपर्‍यो भने सेवाग्राहीले ईमेलमा आएको फोन नम्बर वा ईमेल एड्रेसमा रद्द गर्नुपर्ने सूचना दिनुपर्ने हुन्छ । तर, उडान हुनुभन्दा दुई घण्टाअघि टिकेट रद्द गर्नुपर्ने सूचना दिनुपर्छ ।

त्यसपछि आइएमई पे टिमले म्यानुअल्ली ग्राहकको टिकट शुल्क अकाउन्टमा फिर्ता पठाइदिन्छन् । "पछिका दिनमा रिफन्डेबल चार्ज घटाउन पनि सकिन्छ । त्यस्तै दुई घण्टाको समय पनि घटेर कम हुनसक्छ," न्यौपानेले भने, "अहिले परीक्षणकै चरणमा भएकाले हामी ग्राहकको प्रतिक्रियाबाट सेवा परिमार्जन गर्दै जानेछौँ ।''

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १५:६