close

कम्पनी प्रोफाइलः विश्वका उत्कृष्ट साइबर सुरक्षा कम्पनीमा पर्न सफल ग्रिनटिक नेपाल

टेकपाना टेकपाना

फागुन २९, २०७९ १०:३७

कम्पनी प्रोफाइलः विश्वका उत्कृष्ट साइबर सुरक्षा कम्पनीमा पर्न सफल ग्रिनटिक नेपाल

काठमाडौं । विभिन्न कम्पनी तथा संघसंस्थाहरूलाई साइबर सुरक्षा सम्बन्धी परामर्श सेवा दिँदै आएको नेपाली प्रविधि कम्पनी हो, ग्रिनटिक नेपाल प्रालि । सन् २०१० मा स्थापना भएको यो कम्पनीले विशेषत: आफ्ना ग्राहकहरूलाई साइबर सुरक्षा सम्बन्धी सेवा दिँदै आएको छ ।

यद्यपि यस बाहेक कम्पनीले वित्तीय परामर्श, आईटी जोखिम मूल्याङ्कन, केवाईसी अडिट, व्यापारिक परामर्श, मानव संसाधन(HR) परामर्श लगायतका सेवा पनि उपलब्ध गराउँछ । हालसम्म ग्रिनटिकले एनसेल, सुबिसु, एनएमबी बैंक लगायत १४९ बढी कम्पन‍ी तथा संघसंस्थाहरूलाई सेवा दिइसकेको छ ।

कम्पनीले नेक्स्ट जेन सिम सोलुसनको रुपमा जीकवच नामक आफ्नो छुट्टै उत्पादन तयार पारेको छ । ओपन सोर्समा आधारित यो उत्पादनले विभिन्न कम्पनीहरूको सिस्टममा इन्ड प्वाइन्ट डिभाइसहरूको लग राख्ने काम गर्छ ।

विशेषगरी स्थानीय बजारलाई लक्षित गरी विकास गरिएको यो उत्पादनले कम्पनीहरूका लागि साइबर सुरक्षा मनिटरिङमा सघाउँछ ।  

ग्रिन टिक नेपालबाट स्विफ्ट (SWIFT) को ‘डिक्सनरी अफ साइबर सेक्युरिटी सर्भिस प्रोभाइडर’को सूचीमा पर्ने एक मात्र कम्पनी हो । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो कम्पनीलाई आईएस अडिट (IS audit) र क्लाउड अडिट (Cloud audit) गर्ने उत्कृष्ट कम्पनीहरूको सूचीमा समावेश गरेको छ ।

साथै अमेरिकामा रहेर साइबर सुरक्षामा काम गर्ने संस्था एमएसएसपी (MSSP) ले ग्रिनटिकलाई साइबर सुरक्षामा काम गर्ने विश्वको उत्कृष्ट २५० कम्पनी भित्र राखेको छ । प्रविधि, स्वास्थ्य, हस्पिटालिटी (होटेल तथा रिसोर्ट जस्ता आतिथ्यता सम्बन्धी सेवा क्षेत्र), मिडिया लगायतका १५ बढी क्षेत्रमा यो कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ ।

सूचना प्रविधि, वित्त, अडिटिङ जस्ता क्षेत्रमा दुई दशक लामो समय बिताएका सविन थापाले ग्रीन टिक नेपालको स्थापना गरेका हुन् । हाल यो कम्पनीमा ४० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । 


 

शब्द- चित्रमा कम्पनी

कम्पनी: ग्रिन टिक नेपाल प्रालि

सेवा क्षेत्रः साइबर सुरक्षा

सुरुवाती लगानीः २५ लाख

मूल्याङ्कनः -

वार्षिक कारोबारः -

वार्षिक वृद्धिः २०-२५ प्रतिशत

संस्थापक/सीईओ:  सविन थापा

स्थापना: सन् २०१०

ठेगाना: महालक्ष्मी कम्प्लेक्स मीनभवन, काठमाडौं

ईमेल: [email protected]

फोन: ०१-४६२०७४१ 

संस्थागत ग्राहक सङ्ख्या: १४९ बढी

सेवा: साइबर सेक्युरिटी, आईटी रिस्क एसेसमेन्ट, अडिट कम्ल्यायन्स सर्भिस, केवाईसी अडिट, एकाउन्ट एन्ड फाइनान्स एड्भाइजरी, ट्याक्स म्यानेजमेन्ट सर्भिस, स्ट्रार्टेजी म्यानेजमेन्ट, इम्प्लोई सर्भे आदि ।

उत्पादन: जीकवच (gkavach.com)

यूएसपीः म्यानुअल टेस्टिङ । आफैँले तयार पारेको जनशक्तिमार्फत सेवा ।

अवार्ड तथा सर्टिफिकेसनः एमएमएसपीको विश्वका २५० साइबर सुरक्षा कम्पनीमा सूचीकृत । स्विफ्टमा सूचीकृत । आईओएसओ २७००१ मान्यता प्राप्त । 

उद्देश्य तथा लक्ष्य: ग्राहकको संगठनात्मक समस्याहरू समाधान गर्दै उनीहरुको व्यवसायको दिगोपनका लागि परामर्श (कन्सल्टेन्ट) क्षेत्रमा बेन्चमार्कको रुपमा स्थापित हुने

प्रत्यक्ष रोजगारी: ४० बढी


 

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ १२:२१