close

तपाईँले कम्प्युटरमा कति समय बिताउनु भयो ? यसरी चेक हेर्नुहोस्

टेकपाना टेकपाना

फागुन २९, २०७९ १४:९

तपाईँले कम्प्युटरमा कति समय बिताउनु भयो ? यसरी चेक हेर्नुहोस्

काठमाडौं । तपाईँले दिनमा कति समय कम्प्युटरमा बिताउनुहुन्छ ? यसबारे कहिल्यै ध्यान दिनुभएको छ ? यदि अनावश्यक रूपमा कम्प्युटरमा बढी समय बिताएको थाहा पाउनुभयो भने त्यसलाई कम गर्न सकिन्छ । आज हामी विन्डोज ११ मा स्क्रिनटाइम कसरी जाँच गर्ने भन्ने विषयमा जानकारी दिँदैछौँः

विन्डोज ११ को सेटिङ एपमा रहेको 'पावर एन्ड ब्याट्री' सेक्सनले डिभाइसको ब्याट्री कति खपत भयो भन्ने कुराको जानकारी दिन्छ । त्यसबाहेक पनि यस अप्सनबाट स्क्रिन टाइम र टोटल स्लिप टाइम हेर्न सकिन्छ ।

विन्डोज ११ मा स्क्रिन टाइम हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्;

-   सबैभन्दा पहिले 'स्टार्ट मेनु' खोलेर सेटिङको एपमा जानुहोस् ।

-   त्यसपछि 'सिस्टम' अप्सनमा क्लिक गर्नुहाेस् ।

-   अनि 'पावर इन्ड ब्याट्री' अप्सनमा क्लिक गर्नुहोस् ।

-   यति गरेपछि 'ब्याट्री' सेक्सन तल 'ब्याट्री युजेज' मा क्लिक गर्नुहोस् ।

-   त्यसपछि तपाईँले पछिल्लो २४ घण्टामा कम्प्युटरमा कति समय के के प्रयोग गर्नुभयो भन्ने हेर्न सकिन्छ ।

यी अप्सनबाट दिन, साता र महिनामा कम्प्युटर स्क्रिन कति एक्टिभ छ भन्ने कुरा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ १४:९