close

के हो ‘थ्रोअवे ईमेल अकाउन्ट’, अनि कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

चैत १, २०७९ २२:२३

के हो ‘थ्रोअवे ईमेल अकाउन्ट’, अनि कसरी प्रयोग गर्ने ?

काठमाडौं । जब तपाईं कुनै पनि वेबसाइटमा अकाउन्ट बनाउन चाहनुहुन्छ, तब अधिकांशले तपाईंलाई ईमेल एड्रेस माग गर्छन् । चाहे त्यो साइट प्रयोग गर्न आवश्यक होस् या नहोस् ।

त्यसपछि ती साइटले तपाईंलाई दैनिक वा साप्ताहिक रुपमा ईमेल पठाउन थाल्छन्, जसमा उनीहरुको समाचार, सेल्स अफर, नोटिफिकेसन र अन्य विभिन्न सामग्री हुन्छन् । जुन तपाईंका लागि महत्त्वको विषय नहुन सक्छ ।

यति मात्र होइन, त्यस्ता वेबसाइटले तपाईंको ईमेल एड्रेस अन्य एड कम्पनीलाई बिक्री गर्न पनि सक्छन् । आफ्नै डेटा पनि लिक गराउन सक्छ, जसले गर्दा तपाईं स्पामको अधिक जोखिममा पर्न सक्नुहुन्छ ।

यस किसिमको स्पामबाट बच्नलाई सबैभन्दा राम्रो उपाय भनेको 'थ्रोअवे ईमेल अकाउन्ट' (throwaway email) अर्थात् अस्थायी प्रयोगका लागि बनाइने फेक ईमेल अकाउन्ट नै हो । यस्ता अकाउन्टसँग तपाईंको कुनै वास्तविक सम्बन्ध हुँदैन ।

तपाईंलाई अनावश्यक निशाना बनाउने स्पाम होल्ड गरेर बस्न मात्र यी अकाउन्टहरु बनाइन्छन् । जब कुनै वबेसाइटले तपाईंलाई ईमेल एड्रेस माग्छ भने आफ्नो थ्रोअवे ईमेल अकाउन्ट तीनलाई उपलब्ध गराइदिनुहोस् ।

थ्रोअवे ईमेल अकाउन्ट पनि दुई किसिमका हुन्छन् । तपाईंले आफ्नो स्थायी अकाउन्ट जिमेल वा आउटलुकबाट बनाउन सक्नुहुन्छ । जसलाई काम परेको खण्डमा मात्र तपाईंले चेक गर्नुहुन्छ । अर्को भनेको डिस्पोजेबल अर्थात् फेक अस्थायी अकाउन्ट हुन्छ । यसलाई केही मिनेट वा केही घण्टाका लागि मात्र प्रयोग गरिन्छ ।

यी दुवै विकल्प तपाईंका लागि उपयोगी बन्न सक्छ । कुनै पनि वेबसाइटले पठाउने समाचार तथा कुपन आफ्नो लागि आवश्यक छ जस्तो लाग्छ भने तपाईंले त्यसलाई स्थायी अकाउन्टमा राख्न सक्नुहुन्छ । तर कुनै वेबसाइटको नोटिफिकेसन तपाईंको लागि अनावश्यक छ भने त्यसलाई हटाइदिन डिस्पोजेबल अकाउन्टमा राख्न सक्नुहुन्छ ।

स्थायी थ्रोअवे ईमेल एड्रेस कसरी बनाउने ?

स्थायी थ्रोअवे अकाउन्ट बनाउने काम पनि एउटा सामान्य नयाँ ईमेल बनाउन जत्तिकै सजिलो छ । यसका लागि तपाईं जिमेलको ईमेल सर्भिस प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाई स्थायी अकाउन्टबाट प्राप्त भइरहेको ईमेललाई चेक गर्न चाहनुहुन्छ भने निम्न विधि अपनाउनुहोस् ।

१. नयाँ अकाउन्ट बनाउन जिमेल पेजमा जानुहोस् ।

२. नाम इन्टर गर्नुहोस् । यो एउटा फेक आईडी हुने भएकोले अन्य युजरनेम वा तपाईंको वास्तविक ईमेल एड्रेसभन्दा यसलाई फरक बनाउनुहोस् । यसरी तपाईं कनेक्टेड हुन सक्नुहुन्छ ।

३. अर्को पेजमा तपाईंले मन परेको व्याक्तिगत विवरण इन्टर गर्नुहोस् । तर यदि तपाईं पासवर्ड राख्दै हुनुहुन्छ र त्यो भुल्न सक्छु जस्तो लाग्छ भने त्यसमा वास्तविक फोन नम्बर र ईमेल एड्रेस राख्ने प्रयास गर्नुहोस् ।

४. अब विभिन्न शर्तहरुसँग सहमति जनाएर नयाँ अकाउन्टमा लगइन गर्नुहोस् ।

आगामी दिनमा यति तपाईंलाई कुनै फनि साइटले ईमेल माग गर्छ भने यही फेक एड्रेस दिन सक्नुहुन्छ । भेरिफिकेसन ईमेलका लागि लगइन गर्नबाहेक यसलाई स्पाम कलेक्ट गर्न छोडिदिन सक्नुहुन्छ ।

अस्थायी थ्रोअवे अकाउन्ट कसरी बनाउने ?

वेब जगतमा कति यस्ता सेवा प्रदायक छन् जसले ‘युज एण्ड थ्रो’ स्टाइलमा ईमेल अकाउन्ट बनाइदिन सक्छन् । यसबाट तपाईंले छिटो भेरिफिकेसन पाएर ईमेल प्रयोग गरी केही बेरमै डिलिट गरिदिन पनि सक्नुहुन्छ ।

यस्ता धेरै साइटमध्ये अधिकांशले 10 मिनेट मेल नै रोज्छन् किनभने यो प्रयोग गर्न एकदमै सजिलो छ ।

तर यो कस्तो समयमा प्रयोग गर्ने भन्ने कुरा सबैभन्दा पहिले बुझ्नुहोस् । यदि कुनै पनि वेबसाइटले तपाईंसँग लगइन गर्नुअघि एउटा ईमेल एड्रेस माग्छ भने यस्तो बेला तपाईंले आफ्नो आधिकारिक ईमेल दिने कुरा हुँदैन । तपाईंलाई एउटा भेरिफाइड ईमेल चाहिन्छ, जसको अस्तित्वलाई सम्बन्धित वेबसाइटले पनि पत्याउन सकोस् ।

यस्तो बेला माथि उल्लेख भएको स्थायी थ्रोअवे अकाउन्ट बनाउन समय लाग्छ । यसैले ज्ञण् मिनेट मेल उपयुक्त बचाउको माध्यम बन्न सक्छ ।

यो साइट ओपन गर्ने बित्तिकै तपाईको लागि एउटा तयारी अवस्थामा रहेको भेरिफाइड ईमेल एड्रेस देखापर्छ । त्यसलाई कपी गरी सम्बन्धित वेबसाइटमा पेस्ट गरिदिनुहोस् । अब सो वेबसाइटले तपाईंको अकाउन्टलाई भेरिफाइ गरिदिन्छ ।

यसलाई प्रयोग गर्ने विधि निम्न छन्:

१. १० मिनेट मेलको साइटमा जानुहोस् । त्यहाँ तपाईंले तत्कालै एउटा ईमेल एड्रेस पाउनुहुनेछ । एउटा इन्बक्स (बाइ डिफल्ट 10 मिनेट मेलबाट एउटा ईमेल) र एउटा टाइमर । जब टाइमर सकिन्छ तब त्यो ईमेल अकाउन्ट र त्यसभित्रका सबै कुरा डिलिट हुन्छन् ।

२. त्यहाँ जेनेरेट भएको ईमेल एड्रेसलाई कपी गर्नुहोस् र त्यसलाई आफूले चाहेको साइटमा प्रयोग गर्नुहोस् ।

३. जति चाँडो उनीहरुले यसमा ईमेल पठाउँछन् तपाईं पेज रिफ्रेस गर्नुहोस् । ईमेल तपाईंको इन्बक्समा देखापर्नेछ । यसलाई खोल्न क्लिक गर्नुहोस् ।

४. एकपटक यो काम भइसकेपछि पेज क्लोज गर्नुहोस् । केही समयपछि सबै कुरा डिलिट हुन्छ र कुनै कुराले पनि तपाईंलाई पछि ट्रयाक गर्न सक्दैन ।

यदि तपाईंलाई अझै धेरै समय चाहिएको छ जस्तो लाग्छ भने ‘गिभ मी 10 मिनट्स मोर’ मा क्लिक गर्नुहोस् जुन ईमेल एड्रेसभन्दा तल हुन्छ । तपाईंले यसरी समयलाई एक सय मिनेटजति बढाउन सक्नुहुन्छ ।

साथै तपाईले ‘गिभ मि अनादर ईमेल एड्रेस’ मा पनि क्लिक गर्न सक्नुहुन्छ । ताकि अहिलेको अकाउन्टलाई डिलिट गरेर नयाँ अकाउन्ट बनाउन सकियोस् ।

यदि तपाईंको त्यो अकाउन्ट डिलिट भइसक्यो तर पुनः त्यसलाई रिकभर गर्न चाहनुहुन्छ भने डिलिट गरेको केही मिनेटभित्रै तपाईंले त्यसलाई रिकभर गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ २२:२३