close

फ्री कल उपलब्ध गराएका छैनौँ, भ्रममा नपर्नुहोलाः नेपाल टेलिकम

टेकपाना टेकपाना

चैत २, २०७९ १५:३२

फ्री कल उपलब्ध गराएका छैनौँ, भ्रममा नपर्नुहोलाः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफूले कुनै पनि नि:शुल्क कल उपलब्ध नगराएको भन्दै भ्रामक सामग्रीबाट सतर्क रहन ग्राहकलाई अनुरोध गरेको छ

एक सूचना जारी गर्दै कम्पनीले विभिन्न फेसबुक ग्रुप र मेसेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नि:शुल्क कलबारे गलत सन्देशहरु फैलिएको भन्दै सचेत रहन अनुरोध गरेको हाे ।

विभिन्न प्रकारका भ्वाइस तथा डेटा प्याकमार्फत उपलब्ध हुने कलबाहेक आफूले अन्य कुनै पनि प्रकारको नि:शुल्क कल सेवा उपलब्ध नगराएको टेलिकमले उल्लेख गरेकाे छ ।

त्यस्तै कम्पनीकाे आधिकारिक वेबसाइट, एप, ब्लु टिक सहितको आधिकारिक फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जाल अकाउन्टबाट आएका सूचनालाई मात्र आधार मान्‍न पनि टेलिकमले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १५:३८