close

‘टुएफए’ राख्दा पनि ट्वीटर अकाउन्टमा अनधिकृत प्रवेश भयोः प्रधानमन्त्री कार्यालय

टेकपाना टेकपाना

चैत २, २०७९ १६:८

‘टुएफए’ राख्दा पनि ट्वीटर अकाउन्टमा अनधिकृत प्रवेश भयोः प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा प्रणाली अपनाउँदा समेत आफ्नो ट्वीटर अकाउन्टमा अनधिकृत प्रवेश भएको जनाएको छ ।

बुधबार रातिदेखि ह्याक भएको ट्वीटर ह्यान्डल बिहीबार दिउँसो मात्रै पूर्ण रुपमा फिर्ता आएको हो । यसपछि एक विज्ञप्ति जारी गर्दै कार्यालयले ट्वीटर ह्यान्डल (PM_nepal_) मा अनधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्वीटर गरिएको घटनाप्रति माफी मागेको छ ।

''ट्वीटर ह्यान्डलमा टु फ्याक्टर अथेन्टिकेसन (टूएफए) लगायका सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्यतथ्य छिट्टै नै सार्वजनिक गर्नेछौँ,'' विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको उक्त अकाउन्टको नाम र प्रोफाइल फोटो नै परिवर्तन गरिएको थियो । साथै त्यसबाट एनएफटी सम्बन्धी असान्दर्भिक रिट्वीटहरू समेत गरिएका थिए ।

प्रधानमन्त्रीकै ट्वीटर अकाउन्ट ह्याक भएपछि नेपालको साइबर सुरक्षा निकै नै संवेदनशील अवस्थामा रहेको भन्दै चिन्ता गर्न थालिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १८:५