close

राहतका लागि मोबाइलमा आधारित ब्लकचेन टोकन परीक्षण गरिँदै

टेकपाना टेकपाना

चैत ७, २०७९ १३:२३

राहतका लागि मोबाइलमा आधारित ब्लकचेन टोकन परीक्षण गरिँदै

काठमाडौं । युनिसेफ नेपालले रुमसन कम्पनीको सहयोगमा ब्लकचेनमा आधारित  'राहत' क्यू आर प्रणाली सञ्चालनमा ल्याएको छ । बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपका पीडितहरूलाई लक्षित गर्दै उनीहरूले पाउने राहतलाई व्यवस्थित गर्न यो सेवा परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । 

युनिसेफ नेपालका अनुसार हाल यो सेवा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट परीक्षण सुरु गरिएको छ । उक्त नगरपालिकाका बाढी पीडित र कोरोना महामारीले प्रभावितहरूलाई यो सेवा उपलब्ध गराइनेछ । 

यो सेवा अन्तर्गत पीडितहरूलाई क्यूआर उपलब्ध गराइनेछ । युनिसेफका अनुसार पीडितलाई उक्त क्यूआर वितरण गरिनेछ र सो क्यूआर सोझै पीडितको बैंक खातामा जोडिनेछ । 

यसरी कुनै व्यक्तिले पीडितलाई सहयोग गर्न चाहेको खण्डमा पीडितको क्यूआर स्क्यान गरी सोझै उसको बैंक खातामा पठाउन सकिनेछ । यसैगरी बैंक खाता अथवा स्मार्टफोन उपलब्ध नभएका पीडितलाई भने क्यूआर कार्ड उपलब्ध गराइनेछ । उक्त क्यू आर कार्डमा जम्मा भएको रकम निजले नगरपालिकाको कार्यालयमा गएर प्राप्त गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ १३:२३