close

एन्ड्रोइड भन्दा आईफोन प्रयोगकर्ता बढी इमान्दार !

टेकपाना टेकपाना

चैत ८, २०७९ १०:२८

एन्ड्रोइड भन्दा आईफोन प्रयोगकर्ता बढी इमान्दार !

काठमाडौं । एन्ड्रोइड र आईओएस प्रयोगकर्ताबीच विभिन्न कुरामा प्रतिस्पर्धा भइरहनु सामान्य कुरा हो । यद्यपि हालै एक अध्ययनले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताको आफ्नो ब्रान्डप्रतिको इमानदारितालाई लिएर एउटा रिपोर्ट  सार्वजनिक गरेको छ ।

एडिक्टिभ टिप्सले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आईओएस प्रयोगकर्ता बढी आफ्नो ब्रान्ड प्रति इमान्दार हुन्छन् ।

एक हजार प्रयोगकर्तामा गरिएको सर्वेक्षणमा एन्ड्रोइड प्रयोगकर्ताहरू को तुलनामा आईफोन प्रयोगकर्ताहरू आफ्नो ब्रान्डप्रति बढी बफादार रहेको पाइएको हो ।  ६६ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो ब्रान्डको फोनसँग खुशी भएको बताए पनि ७२ प्रतिशत आईफोन प्रयोगकर्ताहरूले आफ्नो हालको फोनसँग खुसी रहेको रिपोर्ट गरेका छन् । 

साथै आईफोन प्रयोगकर्ताहरू प्राय: आईफोन भएकै सहकर्मीहरुसँग मिल्न रुचाउने पनि रिपोर्टले देखाएको छ । 

थप रूपमा, आईफोन प्रयोगकर्ताहरूले एन्ड्रोइड प्रयोगकर्ताहरूको तुलनामा प्रत्येक वर्ष उनीहरूको स्मार्टफोन स्क्रिनमा हेरेर १५ दिन बढी बिताउँछन् । रिपोर्टका अनुसार आईफोन प्रयोगकर्ताहरू एन्ड्रोइड प्रयोगकर्ताहरू भन्दा आफ्नो ब्रान्डप्रति १८ प्रतिशत बढी इमान्दार छन् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १०:३६