close

कम्प्युटरका लागि ह्वाट्सएपको नयाँ एप, इन्क्रिप्सनसहित अडियो/भिडिओ कल

टेकपाना टेकपाना

चैत ९, २०७९ ९:५३

कम्प्युटरका लागि ह्वाट्सएपको नयाँ एप, इन्क्रिप्सनसहित अडियो/भिडिओ कल

काठमाडौं । मेटाले विन्डोज पीसी प्रयोगकर्ताका लागि नयाँ संस्करणको ह्वाट्सएप एप सार्वजनिक गरेको छ । कम्पनीले माेबाइल संस्करणकाे जस्तै युजर इन्टरफेसका साथ यो डेस्कटप संस्करणकाे एप उपलब्ध गराएको हो ।

यसअन्तर्गत जस्तै विन्डाेज एप पनि छिटो लोड हुने मेटाको दाबी छ । साथै यस एपबाट आठ जनासम्मकाे इन्ड-टु-इन्ड इन्क्रिप्टेड भिडिओ कल र ३२ जनासम्मकाे अडियो कल हाेस्ट गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यसमा मल्टी-डिभाइस सिंक गर्न पनि सजिलो हुने बताइएकाे छ । विन्डोजका लागि ह्वाट्सएपको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

मेटाले म्याक डेस्कटपका लागि पनि ह्वाट्सएपको नयाँ संस्करण ल्याउने तयारी भइरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १०:५