काठमाडौं । रिगो टेक्नोलोजीले कल सेन्टर सेवा उपलब्ध गराउँदै आएको भक्सक्रोसँग सहकार्य गरेको छ । रिगोले आफ्नो कल सेन्टर प्रणालीलाई थप परिष्कृत बनाउन यो सहकार्य गरेको हो ।
रिगो एच आर (ह्युमन रिसोर्स) र ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) सेवा दिँदै आएको कम्पनी हो । भक्सक्रोले विकास गरेको गेटडेक्स सफ्टवेर मार्फत कम्पनीले आफ्ना ग्राहकलाई स्तरीय ग्राहक सेवा दिने लक्ष्य राखेको छ ।
भक्सक्रोले नेपालमा ८५ भन्दा बढी संघ संस्थाहरूलाई आफ्नो सफ्टवेयर मार्फत कल सेन्टर सेवा दिँदै आएको छ । विशेषगरी फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेस्नल हस्पिटल, केयर नेपाल, फुडमाडौं, पठाओ जस्ता कम्पनीहरूले भक्सक्रोको गेटडेस्कमार्फत कल सेन्टर सेवा लिइरहेका छन् ।
"साना वा ठूला व्यवसायलाई काम लाग्ने सफ्टवेयर निर्माण गर्ने दुवै कम्पनीबीच यस्तो किसिमको सहकार्य हुनु सकारात्मक पक्ष हो," भक्सक्रोका मेनेजर अनिल ढकालले भने, "बीटुबी (बिजनेस टु बिजनेस) सेग्मेन्टमा काम गरिरहेका कम्पनीहरू मिलेर भोलि नयाँ प्रविधि विकास गर्ने र नयाँ कामको थालनी गर्ने बाटो खुलेको छ ।"
भक्सक्रोको गेटडेक्स सेवा कसरी लिन सकिन्छ ?
भक्सक्रोका अनुसार दैनिक सयभन्दा बढी कल आउने संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर सेवा लिन सक्छन् । सफ्टवेयर खरिद गरेर वा भक्सक्रोको कल सेन्टरबाट आफ्ना ग्राहकलाई ग्राहक सेवा दिन सक्छन् ।
सुरुवातमा भक्सक्रोको सफ्टवेयर सेटअप गर्न ४० हजारदेखि ५० हजारसम्म शुल्क लाग्छ । यही शुल्कमा कम्पनी सीप तालिम, टुल तालिम, ग्राहक सेवा अडिट लगायत अन्य आवश्यक सेवाहरू दिनेछ ।
यो सफ्वेयर सेटअप गरिसकेपछि कम्पनीले प्रति प्रयोगकर्ता चार हजारदेखि पाँच हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: चैत २१, २०७९ २१:९
