close

६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको ‘रेड्मी १२सी’ बजारमा, मूल्य १७ हजार

टेकपाना टेकपाना

चैत २३, २०७९ १६:४२

६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको ‘रेड्मी १२सी’ बजारमा, मूल्य १७ हजार

काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी ब्रान्डको सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले 'रेड्मी १२सी' नामक नयाँ मोडेल नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।

मिडियाटेक हेलियो जी८५ प्रोसेसरबाट सञ्चालित फोनमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ​फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

३ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १३ हजार ४९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।

ग्राहकले १६ हजार ९९९ रुपैयाँमा ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मोडेल किन्न सक्नेछन् । कम्पनीका अनुसार आउँदो वैशाख १७ गतेसम्म हरेक भेरियन्टकाे माेडेल खरिद गर्दा ५०० रुपैयाँ छुट पाइनेछ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १७:४२