close

डिजिटल नेपाल निर्माणका लागि आईसीटी क्षेत्रमा ठोस नीति र कार्यक्रम ल्याउँदै सरकार

टेकपाना टेकपाना

चैत २३, २०७९ १८:३७

डिजिटल नेपाल निर्माणका लागि आईसीटी क्षेत्रमा ठोस नीति र कार्यक्रम ल्याउँदै सरकार

काठमाडौं । सरकारले डिजिटल नेपाल निर्माणका लागि आईसीटी क्षेत्रमा ठोस नीति र कार्यक्रम ल्याउने भएको छ ।

१० दलीय सत्ता गठबन्धन​को तर्फबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईसीटी क्षेत्रका लागि ठोस नीति र कार्यक्रम तय गरिने जानकारी दिएकी हुन् ।

''डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन सूचना तथा सञ्चार क्षेत्रलाई विकास र विस्तार गर्न ठोस नीति र कार्यक्रम तय गरिनेछ,'' उनले भनिन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १८:३७