close

सेनाले माग्यो ११ कम्प्युटर इन्जिनियरसहित कूल १३७ कर्मचारी, अनलाइन आवेदन दिन सकिने

टेकपाना टेकपाना

चैत २४, २०७९ ११:४०

सेनाले माग्यो ११ कम्प्युटर इन्जिनियरसहित कूल १३७ कर्मचारी, अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपाली सेनाले विभिन्न पद गरी कूल १३७ कर्मचारी माग गरेको छ । शुक्रबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै सेनाले प्राड., प्राविधिक, हवाई, विविध सेवातर्फ अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त रहेका पदमा कर्मचारी भर्ना गर्न लागिएको सेनाले जनाएको छ ।

यसअन्तर्गत १३ जना कम्प्युटर इन्जिनियरसहित सिभिल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, फार्मेसिस्ट, भिडिओ एडिटर, डक्टर, नर्स, लेखा, पण्डित, प्लम्बर, भेटेरिनरी लगायतका पदमा भर्ना खुलाइएको छ ।

इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फारम भर्न सक्नेछन् ।

अनलाइनबाट भरिएको फर्म प्रिन्ट आउट गरी आवेदक स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु. १० को टिकट टाँसी दरखास्त पेस गर्न सकिनेछ ।

सूचना हेर्नुहोस्
 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १२:३