काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो इन्ट्रि लेभलको (सस्तो) नयाँ स्माटफोन 'रियलमी सी-५५' छिट्टै नै सार्वजनिक गर्ने भएको छ । फोनको नामले सी भन्नाले च्याम्पियन भनेर कम्पनीले फोनको नाम दिएको छ ।
स्लिक डिजाइनमा बनेको यो फोन युवाहरूलाई लक्षित फोन हो । कम्पनीले पहिलो पटक आफ्नो इन्ट्रि लेभलको फोनमा ६४ मेगापिक्सेलको क्यामेरा दिदेँछ । सेल्फिको लागि भने ८ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । ५००० एमएएच ब्याट्री भएको यो फोनमा २९ मिनेटमा नै ५० प्रतिशतभन्दा बढी चार्ज हुने कम्पनीले जनाएको छ ।
फोनमा ९० हर्जको फुल एचडी प्लस डिस्प्ले दिइएको छ । १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट प्रयोग भएको यो फोनको मोटाइ ७.८९ एमएम रहेको छ । फोन ८ जीबी र १६ जीबी र्यामम भेरियन्ट उपलब्ध हुनेछ भने फोनमा १२८ जीबी स्टोरेज दिइएको छ ।
कम्पनीले फोनको मूल्यको विषयमा भने अहिले नै केही जानकारी दिएको छैन ।