close

फेसबुकमा युवतीको फेक आईडी बनाएर 'प्रेमी'बाट ६० लाख ठग्ने युवक पक्राउ

टेकपाना टेकपाना

चैत २६, २०७९ १९:१६

फेसबुकमा युवतीको फेक आईडी बनाएर 'प्रेमी'बाट ६० लाख ठग्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएका थिए । त्यसपछि उनले पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थाले ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १९:१६