close

एसईई दिएका विद्यार्थीलाई अनलाइनमा १९०० मै तीन महिने ब्रिज कोर्ष सञ्चालन गर्दै एम्बिसन गुरु

टेकपाना टेकपाना

चैत २६, २०७९ २०:२०

एसईई दिएका विद्यार्थीलाई अनलाइनमा १९०० मै तीन महिने ब्रिज कोर्ष सञ्चालन गर्दै एम्बिसन गुरु

काठमाडौं । एम्बिसन गुरुले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई अनलाइन मार्फत ब्रिज कोर्ष पढाउने भएको छ । कम्पनीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र विभिन्न कलेजले लिने प्रवेश परीक्षाको तयारी स्वरुप ब्रिज कोर्ष पढाउने भएको हो ।

आउँदो ३ वैशाखबाट सुरु हुने यी कोर्ष अध्ययन गर्न विद्यार्थीका लागि १९०० रुपैयाँ शुल्क तोकिएको कम्पनीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले बताए । तर उक्त कोर्ष खरिद गर्ने पहिलो एक सय विद्यार्थीले ९९९ रुपैयाँमा नै उक्त प्याकेज प्राप्त गर्नसक्ने उनले जनाए ।

विद्यार्थीले कोर्षमा छुट पाउनका लागि प्याकेज खरिद गर्ने क्रममा अंग्रेजीमा लेखिएको ‘१००’ प्रोमोकोड प्रयोग गर्नु पर्नेछ । करिब तीन महिनासम्म सञ्चालन हुने ब्रिज कोर्षमा प्रत्यक्ष कक्षा बाहेक विद्यार्थीलाई नोट, साप्ताहिक मक टेस्ट, रेकर्डेड तथा एनिमेटेड भिडिओ र एमसीक्यू उपलब्ध गराइने कम्पनीले जनाएको छ  ।

हाल कम्पनीले १२ कक्षाको वार्षिक परीक्षा दिन लागेका विद्यार्थीका लागि ‘क्‍य्राश कोर्ष’, खरिदारको कोर्ष, मिसन इन्जिनियर, मिसन डाक्टर लगायतका अन्य कोर्ष समेत सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ २०:२०