close

एसईई दिएका विद्यार्थीलाई आईटी कोर्षमा २६ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

चैत २८, २०७९ १७:२४

एसईई दिएका विद्यार्थीलाई आईटी कोर्षमा २६ प्रतिशतसम्म छुट

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई लक्षित गर्दै ब्रोडवे इन्फोसिसले आफ्ना आईटी कोर्षमा २६ प्रतिशतसम्म छुट दिने भएको छ । नतिजा नआइञ्जेल सूचना प्रविधि सम्बन्धीको सीप सिकाउन यो अफर ल्याइएको ब्रोडवेले बताएको छ ।

व्यावसायिक आईटी तालिम प्रदायकका रूपमा परिचित कम्पनीले पाइथन विथ ज्याङ्गो, वेब डिजाइनिङ, ग्राफिक्स डिजाइन, भिडिओ एडिटिङ लगायतका विभिन्न कोर्षमा छुट दिने भएको हो ।

विद्यार्थीले छुट पाउन भने २१ वैशाखभित्र ती कोर्षमा भर्ना भइसक्नु पर्नेछ । कम्पनीका अनुसार विद्यार्थीले भौतिक र अनलाइन दुवै विधिमार्फत अध्ययन गर्न सक्नेछन् ।

एसईई दिएका विद्यार्थीको छुट्टै समूह बनाएर कोर्ष सञ्चालन हुने बताइएको छ । साथै यी कोर्ष अध्ययन गर्न आउने विद्यार्थीहरूलाई इन्टर्न र जागिरको समेत अवसर प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

यो अफरबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १७:२४