close

कसरी रेकर्ड गर्ने ह्वाट्सएप कल ?

टेकपाना टेकपाना

चैत २९, २०७९ १७:५२

कसरी रेकर्ड गर्ने ह्वाट्सएप कल ?

काठमाडौं । ह्वाट्सएप प्रयोग गरिरहँदा कतिपय यस्ताे अवस्था आउँछ, जहाँ हामीले कुरा गरिरहेको व्यक्तिको कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । ह्वाट्सपले बिल्टइन रुपमा कल रेकर्डिङको फिचर उपलब्ध गराएको हुँदैन ।

आज हामी यस्ताे तरिकाबारे जानकारी दिँदैछौं, जसको सहायताले एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप कल रेकर्ड गर्न सकिन्छ । आईफोनमा भने यो तरिका काम गर्दैन ।

यसो त इन्टरनेटमा त्यस्ता थुप्रै एप्लिकेसन छन्, जसको सहायताले फोनमा भएको कल रेकर्ड गर्न सकिन्छ । तर, यस्ता एप्लिकेसन सधैं सुरक्षित हुन्छन् भन्ने हुँदैन । पछिल्लो समय उपलब्ध भएका अधिकांश एन्ड्रोइड स्मार्टफोनमा स्क्रिन रेकर्डिङको सुविधा हुन्छ ।

यदि तपाईंको डिभाइसमा पनि स्क्रिन रेकर्डिङको फिचर छ भने तलको प्रक्रिया अपनाएर ह्वाट्सएपको कल रेकर्ड गर्न सक्नुहुन्छ । 

एन्ड्रोइड फोनमा ह्वाट्सएप कल कसरी रेकर्ड गर्ने ?

स्मार्टफोनको ब्रान्ड अनुसार फोनमा भिन्नाभिन्नै तरिकाले मेसेन्जरको कल रेकर्ड गर्न सकिन्छ । अहिले प्रायः स्मार्टफोनमा कल रेकर्ड गर्न ‘स्क्रिन रेकर्डर’ (screen recorder) को विकल्प छ ।

फोनमा भएको स्क्रिन रेकर्डरको सुविधाले मेसेन्जरजस्ता एपबाट गरिने कल रेकर्ड गर्छ भन्ने हुँदैन । कल रेकर्ड भएपनि त्यसमा आवाज नआउने हुनसक्छ । तल उल्लेखित प्रक्रियाबाट स्मार्टफोनको स्क्रिन रेकर्डर अप्सन प्रयोग गरी मेसेन्जरको कल रेकर्ड गर्न सकिन्छ ।

-सबैभन्दा पहिले नोटिफोकेसन बारमा गएर स्क्रिन रेकर्डर (screen recorder) को विकल्पमा ट्याप गर्नुहोस् ।

-त्यसपछि स्क्रिनमा एउटा सानो पपअप बार देखिन्छ । त्यसमा रहेको 'सेटिङ' अप्सनमा ट्याप गर्नुहोस् ।

 

-त्यसपछि साउन्ड रेकर्डरको सेटिङभित्र रहेको ‘साउन्ड सोर्स’ (sound source) मा माइक अप्सन छान्नुहोस् ।

-त्यसपछि होमस्क्रिनमा गएर ह्वा्टसएपमा गई आफूले कल रेकर्ड गर्न चाहेको व्यक्तिलाई फोन गर्नुहोस् । 

-ह्वाट्सएपमा आफूले कल गर्नुपर्ने व्यक्तिलाई कल गरेर उसलाई रेकर्ड गर्न लागेको जानकारी दिनु राम्राे मानिन्छ ।

-त्यसपछि स्क्रिनको पपअप बारमा रहेको रातो गोलो रेकर्डको अप्सनमा ट्याप गरेर कल रेकर्ड गर्न सक्नुहुन्छ । याद गर्नुहोस्, रेकर्ड गर्ने कल लाउड स्पिकरमा राखिएको हुनुपर्छ । अन्यथा रेकर्ड भएको अडियोमा अर्को व्यक्तिको आवाज नसुनिन सक्छ । 

फोनमा स्क्रिन रेकर्डरको विकल्प छैन ? वा उक्त विकल्पले काम गरेन ? यसो गर्नुहोस्

यदि स्क्रिन रेकर्डरबाट कल रेकर्ड गर्ने तरिका तपाईंका लागि उपयुक्त भएन भने काम गरेको छैन भने मेसेन्जर कल रेकर्ड गर्नका लागि उपयाेगी र सुरक्षित थर्ड पार्टी एपको सहायता पनि लिन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर स्क्रिन रेकर्डर एप डाउनलोड गर्नुहोस् ।

-एप इन्स्टल गरिसकेपछि सो एपलाई सेटअप गर्नुपर्ने हुन्छ ।

-एपको अडियो सेटिङमा गएर इन्टर्नल एण्ड माइक्रोफोनको अप्सन छान्नुहोस् ।

-त्यसपछि ह्वाट्सएपमा गएर आफूले कल रेकर्ड गर्न चाहेको व्यक्तिको कल स्क्रिन रेकर्डरमार्फत रेकर्ड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १७:५२