close

अर्को हप्तासम्म पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लु टिक’ खोस्ने एलन मस्कको भनाइ

टेकपाना टेकपाना

चैत २९, २०७९ १८:४०

अर्को हप्तासम्म पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लु टिक’ खोस्ने एलन मस्कको भनाइ

काठमाडौं । अन्ततः एलन मस्कले पैसा नतिर्ने (लिगेसी) प्रयोगकर्ताको 'ब्लु चेकमार्क' (निलो टिका) यही २० अप्रिलमा फिर्ता लिने घोषणा गरेका छन् । यो 'अन्तिम' मिति हुने भन्दै उनले ट्वीटमार्फत यस्तो बताएका हुन् ।

यदि मस्कले भने अनुसार नै कम्पनी अगाडि बढेको खण्डमा पैसा तिर्ने, व्यवसाय र सरकारी निकाय तथा अधिकारीहरूको अकाउन्टमा मात्रै भेरिफिकेसन मार्क रहनेछ ।

यसअघि कम्पनीले गत महिना पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क १ अप्रिलमा हट्ने घोषणा गरेको थियो । मस्कले वाचा गरेका अन्य समयसीमा जस्तै उक्त समयसीमा कटेको थियो र त्यस्तो केही पनि भएन । बुधबार उनले बीबीसीलाई एक अन्तर्वार्ता दिएका थिए ।

भेरिफिकेसन सङ्केत हटाउँदा झुटा सूचनाहरू फैलिने कुरामा कस्तो असर पर्ला भन्दै सोधिएको प्रश्नमा मस्कले भने, "मेरो विचारमा मिडियाले आफूलाई जस्तो देखाउन चाहन्छन्, त्यस विपरित उनीहरू नै भ्रामक सूचनाका चालक हुन् ।"

यस्ते अप्रिल महिनाको सुरुवाततिर अहिले डिलिट भइसकेको ट्वीटमा मस्कले लिगेसी (पहिले देखिकै) भेरिफाइड अकाउन्ट कम्पनी केही साताको छुट दिन गइरहेको उल्लेख गरेका थिए ।

गत महिना मस्कले भेरिफाइड नभएका अकाउन्टहरूमा ट्वीटरको 'फर यु' फिचरले १५ अप्रिलदेखि सिफारिसक गर्न बन्द गर्ने पनि मस्कले बताएका थिए ।

हालै मात्र कम्पनीले कसैको भेरिफिकेसन मार्कमा दबाउँदा देखिने लेबलमा परिवर्तन गरेको थियो । जसमा उल्लेख गरिएको छ कि, "यो अकाउन्ट भेरिफाइड हो किन भने यसले ट्वीटर ब्लु खरिद गरेको छ अथवा यो पहिलेदेखिकै भेरिफाइड अकाउन्ट हो," (This account is verified because it's subscribed to Twitter Blud or is a legacy verified account.) ।

Final date for removing legacy Blue checks is 4/20

— Elon Musk (@elonmusk) April 11, 2023

यसले प्रयोगकर्ताहरूलाई ट्वीटर ब्लु खरिद गरेका वा पहिले देखिकै भेरफाइड अकाउन्टबीचको भिन्नता छुट्याउन असहज बनाएको छ । यसका अतिरिक्त मस्कले व्यवसाय र मिडिया ब्रान्डलाई संस्थागत भेरिफिकेसनका लागि मासिक एक हजार अमेरिकी डलर तिर्नुपर्ने तर्फ धकेलिरहेका छन् ।

यसैक्रममा उनले पैसा तिर्न अस्वीकार गरेपछि न्यु योर्क टाइम्सको भेरिफिकेसन मार्क नै हटाइदिएका थिए । न्यु योर्क टाइम्सका अलावा वासिङ्गटन पोस्ट र पोलिटिको जस्ता अन्य प्रकाशनले समेत भेरिफिकेसनका लागि पैसा नतिर्ने बताइसकेका छन् । 

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १८:४६