close

आईफोन १५ मा सोलिड-स्टेट बटन नआउने पक्का

टेकपाना टेकपाना

बैशाख २, २०८० ९:०

आईफोन १५ मा सोलिड-स्टेट बटन नआउने पक्का

काठमाडौं । आईफोन १५ का प्राे माेडेमा पुरानै शैलीकाे बटन आउने भएकाे छ । यसअघि सोलिड-स्टेट भोल्युम तथा एक्सन बटन आउने चर्चा भएपनि एप्पल विश्लेषक मिङ-चि कुओले प्राविधिक त्रुटिका कारण उक्त बटन नआउने दाबी गरेका छन् ।

एक ब्लग राख्दै उनले सोलिड-स्टेट बटन नआउने उल्लेख गरेका हुन् । तर कस्ताे प्राविधिक त्रुटि हाे भन्ने विषयमा उनले खुलाएका छैनन् । यसअघि एप्पलले अहिलेका आईफोनमा भएका फिजिकल बटनलाई विस्थापित गरेर सोलिड-स्टेट बटन ल्याउने चर्चा थियो ।

सोलिड-स्टेट बटन भौतिक बटनका रूपमा हुँदैन । तर, बटनको ठाउँमा थिच्दा बटन दबाएको अनुभव हुने बताइएको छ । विशेषगरी आईफोन ८ मा रहेको होम बटन जस्तै आईफोन १५ मा भोल्युम तथा एक्सन बटन हुने भनिएको थियो । 

कुओका अनुसार आईफोन १५ अहिले ईभीटी (इन्जिनियरिङ भ्यालिडेसन टेस्ट) काे क्रममा छ । त्यसैले आईफोन १५ को डिजाइन मोडिफाई हुने सम्भावना उच्च छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० ९:०