close

राष्ट्रिय परिचयपत्रको डेटा रुजु गर्ने काम निजी कम्पनीलाई दिनु आपत्तिजनक: सासंद केसी

टेकपाना टेकपाना

बैशाख ३, २०८० १५:३६

राष्ट्रिय परिचयपत्रको डेटा रुजु गर्ने काम निजी कम्पनीलाई दिनु आपत्तिजनक: सासंद केसी

काठमाडौं । सासंद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रको डेटा रुजु गर्ने काम निजी कम्पनीलाई दिनु आपत्तिजनक रहेको बताए । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले गृह मन्त्रालयको यो कदम बारे   प्रश्न उठाएका हुन् । 

"राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकको संवेदनशिल विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र काम गर्ने पहल भइरहेको बेला,हतारमा निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ," उनले भने, "एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्याङ्कमा विदेशी कम्पनीले पकड राख्ने र आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ । अर्कातिर यो कारोबारको ठेक्का दिदाँ देशको विधिविधानले स्थापित गरेको मापदण्ड भन्दा घटाएर जम्मा सातदिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्षम्य छ ।"

देशको विधानमा कसैको आर्थिक स्वार्थ हाबी हुने स्थिति स्विकार्य नभएको भन्दै उनले कानुन विपरित काम गर्नेलाई कारबाही गर्न आग्रह समेत गरेका छन् । 

केही समय अगाडि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले भक्सक्रो प्रा.लि. को जेभी कम्पनी एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रको डेटा व्यवस्थापनको ठेक्का दिएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १५:३६