close

पब्जी गेमको अर्को दक्षिण एसियाली प्रतियोगिता हुँदै, नेपालबाट ७ टिम भिड्ने

टेकपाना टेकपाना

बैशाख ७, २०८० २०:८

पब्जी गेमको अर्को दक्षिण एसियाली प्रतियोगिता हुँदै, नेपालबाट ७ टिम भिड्ने

काठमाडौं । पब्जी माेबाइल गेमले दक्षिण एसिया स्तरकै ठूलो प्रतियोगिता गर्ने भएकाे छ । ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप स्प्रिङ २०२३’ नाम दिइएकाे याे प्रतियाेगिता ४ मे अर्थात् वैशाख २१  बाट सुरु हुनेछ ।

२० टिमले भाग लिने यो प्रतियोगितामा नेपालका सात, पाकिस्तानका आठ र मङ्गोलियाका पाँच टोलीले खेल्दैछन् । २० टोलीमध्ये नेपाली र मङ्गोलियन टिमले पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३ मा शीर्ष १२ भित्र रहँदै स्थान बनाएका हुन् ।

पाकिस्तानी टिमले भने पब्जी मोबाइल प्रो लिग पाकिस्तान स्प्रिङ २०२३ बाट स्थान बनाएका हुन् ।

नेपाली टिममा ‘स्काइलाइट गेमिङ’, ‘डीआरएस गेमिङ’, ‘ट्रेन टु किल’, इलुमिनेट क्रु, रअ ई-स्पोर्ट्स, हाइ भोल्टेज ई-स्पोर्ट्स र ‘लियो ई-स्पोर्ट्स’ रहेका छन् ।

१० दिनसम्म प्रतियोगिताको पुरस्कार राशि के कति हुन्छ वा प्रतियोगिता कसरी सञ्चालन हुन्छ भन्ने बारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० २०:८