close

एआई प्रविधिमा १४ अर्ब बढी लगानी गर्दै बेलायत

टेकपाना टेकपाना

बैशाख १२, २०८० ९:५८

एआई प्रविधिमा १४ अर्ब बढी लगानी गर्दै बेलायत

काठमाडौं । विश्वबजारमा एआईको प्रभुत्व बढिरहेको बेला बेलायतमा सरकारी स्तरबाट नै एआईमा लगानी हुने भएको छ । बेलायती सरकारले हालै एआई प्रविधि विकास र प्रबर्द्धनका लागि १० करोड युरो (१४ अर्ब ३९ करोड १० लाख रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । 

यो लगानीलाई आगामी दिनमा थप्दै जाने सरकारको योजना छ । 

सो रकम खर्च गरेर देशमा फाउन्डेशन मोडेल टास्कफोर्स स्थापना गर्ने सरकारले निर्णय लिएको हो । यो कार्यदलले बेलायतलाई विश्वको एआई बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने एआई प्रविधि विकास गर्ने बताइएको छ । कार्यदलले यो क्षेत्रमा काम गरिरहेको निजी र सरकारी दुवै पक्षसँग सहकार्य गर्नेछ । 

यो कार्यदलले बेलायतको प्रधानमन्त्री र प्रविधि मन्त्री अन्तर्गत रहेर काम गर्ने बताइएको छ । एआईको क्षेत्रमा बेलायतको पहिलेदेखि नै बलियो पकड रहेको छ । गुगलको बेलायतस्थित डिपमाइन्डले कटिङ एज एआई रिसर्चमा काम गरिरहेको छ ।

अमेरिकास्थित ओपनएआईले च्याटजीपीटी विकास गरेसँगै धेरै कम्पनीहरू एआई प्रविधिको फरक विकासमा लागिरहेको छ । यसैबीच बेलायतमा भने सरकारी स्तरबाट लगानी हुन लागेको हो ।   
  

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० ९:५८