close

थापाथली क्याम्पसका हरेक शुल्क अब खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २०, २०८० १५:५४

थापाथली क्याम्पसका हरेक शुल्क अब खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अब थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटल वालेट खल्तीमार्फत गर्न सकिने भएको छ । यस सुविधा अन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीहरूले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्नसक्ने बताइएकाे छ ।

यो साझेदारीले विद्यार्थी, संकाय र कर्मचारीहरुको अनुभव सहज बनाउने अपेक्षा लिइएको छ । थापाथली क्याम्पसमा शुल्क भुक्तानी गर्न, प्रयोगकर्ताहरूले निम्न उल्लेखित तरिका अपनाउनुहाेस्: 
 

-खल्ती एपको होम पेजमा जानुहोस् ।
-स्कुल/कलेज फि' सेक्सनमा जानुहोस् ।
-'कलेज' सेक्शन छनाेट गर्नुहोस् ।
- 'थापाथली क्याम्पस' मा ट्याप गर्नुहोस् ।
-भुक्तानी प्रकार र लेवेल छनौट गरी फारम भर्नुहोस् ।
-भुक्तानी प्रक्रिया छनाेट गरी भुक्तानी अगाडि बढ्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८० १५:५४