close

भुटानी शरणार्थी प्रकरणबारे अनलाइनले भ्रमपूर्ण समाचार राखेः प्रहरी

टेकपाना टेकपाना

बैशाख २७, २०८० १५:१३

भुटानी शरणार्थी प्रकरणबारे अनलाइनले भ्रमपूर्ण समाचार राखेः प्रहरी

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा केही अनलाइन तथा छापा माध्यमले भ्रमपूर्ण सूचना प्रवाह गरेकाे भन्दै नेपाल प्रहरीले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  प्रहरीले अनुसन्धानको क्रममा रहेकाे याे घटनामा भ्रमपूर्ण समाचार सम्प्रेषण भएकाे भन्दै सतर्क गराएकाे छ ।

"हालका दिनहरूमा कतिपय अनलाइन तथा छापा मिडियाहरू र विभिन्न सामाजिक सञ्जालहरूमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी सङ्गठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ," नेपाल प्रहरीले विज्ञप्तिमा भनेकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, "यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ ।"

तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुऱ्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेकाे समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ । साथै सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १५:१३