close

सुबिसुको क्लियर टिभी र इन्टरनेट रिफर गर्दा एक महिनाको सेवा निःशुल्क

टेकपाना टेकपाना

बैशाख २८, २०८० १८:२०

सुबिसुको क्लियर टिभी र इन्टरनेट रिफर गर्दा एक महिनाको सेवा निःशुल्क

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले 'रिफरमा बोनस' अफर सञ्चालन गरिरहेकाे छ । यसअन्तर्गत कम्पनीले आफ्नो सेवा रिफर गर्दा ग्राहकहरूलाई लिइरहेको सेवामा एक महिनाको सेवा छुट दिनेछ ।

कम्पनीका अनुसार सुबिसुको सेवा लिइरहेका सबै ग्राहक यो योजनामा सहभागी हुन सक्नेछन् । जसअनुसार कम्पनीको इन्टरनेट तथा टीभी सेवा प्रयोग गर्न आफ्ना आफन्त तथा साथीभासुबिसुको क्लियर टिभी र इन्टरनेट रिफर गर्दा एक महिनाको सेवा निःशुल्कइलाई रिफर गर्नुपर्नेछ ।

इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्णरुप दिन यो अफर जारी राखिएको कम्पनीले जनाएको छ । अफरमा निश्चित सर्त तथा नियम भने लागू हुने बताइएको छ ।

सुबिसुले केबल तथा डिजिटल टीभी सेवा, कञ्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, डब्लूएएन इथरनेट, होलसेल आईपी ट्रान्जिट ,एमभीपी (एमभीपी), डेटा सेन्टर सोलुसन जस्ता विभिन्न सेवा तथा सोलुसन नेपालमा प्रदान गर्दै आइरहेको छ ।

क्लियर टीभी समेत सुबिसुकै प्रडक्ट हो । नेपालको पहिलो डिजिटल टेलिभिजनको रुपमा रहेको क्लियर टीभीले एमपीईजी फोर एसडी तथा एचडी च्यानल केबलमार्फत कण्डिसनल एक्सेस सिस्टम (क्यास) को प्रयोग गरी सेट टप बक्सको माध्यमबाट विभिन्न टेलिभिजन च्यानल प्रसारण गर्दै आइरहेको छ । 

कसरी गर्ने रिफर ?
-सबैभन्दा सुबिसुको यो वेबसाइटमा जानुहोस् ।
-त्यसपछि खुल्ने पेजको माथि बायाँपट्टि रहेको 'रिफर अ फ्रेन्डर/फेमिली' बटन क्लिक गर्नुहोस् ।
-आफ्नाे सुबिसु सेल्फकेयर लगइन विवरण राख्नुहोस्
-रिफर गर्न चाहेको व्यक्ति र आवश्यक विवरण राखी 'Submit' क्लिक गर्नुहोस् । 
-रिफर पाएकाे व्यक्तिले सेवा जडान गरेपछि रिफर गर्ने व्यक्ति अर्थात् तपाईँले आफूले हाल प्रयोग गरिरहेको सेवामा थप एक महिना बोनस पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० १८:२०