close

यी फोनमा प्रयोग गर्न सकिन्छ एन्ड्रोइड १४ को बेटा भर्सन

टेकपाना टेकपाना

बैशाख २९, २०८० ११:१३

यी फोनमा प्रयोग गर्न सकिन्छ एन्ड्रोइड १४ को बेटा भर्सन

काठमाडौं । गुगलले बिहीबार आयोजना गरेको आई/ओ कार्यक्रममा एन्ड्रोइड १४ को दोस्रो बेटा भर्सन सार्वजनिक भएको छ । यो भर्सन कम्पनीले २० मोडेलका डिभाइसमा उपलब्ध गराउने भएको छ ।

अन्य डिभाइसमा भन्दा कम्पनीले पिक्सेल स्मार्टफोनलाई प्राथमिकता दिने गरेको छ । कम्पनीले योभन्दा अगाडिको बेटा भर्सन पिक्सेल स्मार्टफोनलाई मात्र उपलब्ध गराएको थियो ।

अब भने यो भर्सन लेनोभो, नथिङ, वनप्लस, ओप्पो, रियलमी, भिभो, साओमी लगायतका स्मार्टफोनमा पनि उपलब्ध हुनेछ ।

एन्ड्रोइड १४ को दोस्रो बेटा भर्सन उपलब्ध हुने डिभाइसहरूको सूची यहाँ उल्लेख गरिएको छ: 

गुगल पिक्सेल

​- Pixel 4a (5G)

- Pixel 5

- Pixel 5a

- Pixel 6

- Pixel 6 Pro

- Pixel 6a

- Pixel 7

- Pixel 7 Pro

 

आईकू (iQOO)

- iQOO 11

- Lenovo

- Lenovo Tab Extreme

 

नथिङ (Nothing)

- Nothing Phone 1

 

ओप्पो (Oppo)

- Oppo Find N2

- Oppo Find N2 Flip

 

वनप्लस (OnePlus)

- OnePlus 11

 

रियलमी (Realme)

- Realme GT2 Pro

टेक्नाे (Tecno)

- Tecno Camon 20

भिभाे (Vivo)

- Vivo X90 Pro

साओमी (Xiaomi)

- Xiaomi 13

- Xiaomi 13 Pro

- Xiaomi 12T

- Redmi K50 Extreme

- Xiaomi Pad 6  

यो सूचीमा सामसङ भने समावेश गरिएको छैन । सामसङले कहिलेदेखि एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध गराउँछ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० ११:५८