close

एन्ड्रोइड १४ मा यस्ता छन् १० उत्कृष्ट विशेषता

टेकपाना टेकपाना

बैशाख ३०, २०८० १४:२

एन्ड्रोइड १४ मा यस्ता छन् १० उत्कृष्ट विशेषता

काठमाडौं । गुगलले १८० ओटा देशका लागि एन्ड्रोइड १४ को दोस्रो बेटा भर्सन सार्वजनिक गरेको छ । यो पटक कम्पनीले एन्ड्रोइडमा धेरै एआई फिचहरू थप गरेका छन् । यसमा केही यस्ता फिचहरू छन् जसले साँच्चै नै तपाईँको फोनलाई उत्कृष्ट बनाइदिन्छ । 

१. पासकी 

गुगले एन्ड्रोइड प्रयोगकर्ताको लागि पासकि सार्वजनिक गरिसकेको छ । तर सबै प्रयोगकर्ताका लागि भने होइन । एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्ने प्रयोगकर्ताहरूले कुनै थर्ड पार्टी एप इन्स्टल गर्दा पासकी प्रयोग गर्न सक्नेछन् । यसमा पासवर्डको साटो प्रयोगकर्ताले आफ्नो फिङ्गरप्रिन्ट प्रयोग गर्न सक्नेछन् । साथै फरक-फरक एपको लागि पासकी र पासवर्ड दुवै सेभ पनि गर्न सकिनेछ । सबै एपहरूमा भने पासकी सपोर्ट नहुन पनि सक्छ । 

२. डेटा सुरक्षा 

डेटा सुरक्षाको विषय अहिलेको सबैभन्दा संवेदनशील विषय हो । तपाईँले प्रयोग गरिरहनुभएको एपले नै पनि प्रयोगकर्ताको डेटा बिक्री गरेको हुनसक्छ । अथवा सुरुमा भिन्न प्रकारको डेटा नीति बनाएर पछि नीति परिवर्तन गरेको पनि हुनसक्छ । तर आफ्ना प्रयोगकर्तालाई भने सूचित नगराउने पनि गर्छन् । एन्ड्रोइड १४ को अपडेटसँगै अब यो अवस्था नरहने भएको छ । अब एन्ड्रोइड १४ ले कुनै एपले आफ्नो डेटा शेरियङको नीति परिवर्तन गर्ने वित्तिकै प्रयोगकर्तालाई सूचित गर्नेछ । यसका साथै कुनै पनि एपले तपाईँको लोकेसन डेटा प्रयोग गर्छ भने उक्त एपलाई यो फिचर प्रयोग गर्न दिन कि नदिने भनेर पनि तपाईँसँग अनुमति मागिनेछ । 

३. फुल स्क्रिन नोटिफिकेसन 

अब एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो कुनै पनि नोटिफिकेसन छुटाउनुपर्ने छैन । एन्ड्रोइड १४ को अपडेटसँगै प्रयोगकर्ताले फुल स्क्रिन नोटिफिकेसन प्रयोग गर्न सक्नेछन् । अहिलेका लागि यो फिचर फोन कल र अलार्ममा मात्र प्रयोग हुनेछ । 

४. क्यामेरा फ्ल्यास नोटिफिकेसन र भोल्युम अलर्ट 

अब क्यामेराको फ्ल्यास प्रयोग गरेर मोबाइलमा आएको नोटिफिकेसन प्रयोग गर्न सकिनेछ । अर्थात आफ्नो मोबाइमा आएको नोटिफिकेसन कुनै आवाज नभइ फ्ल्यासका आधारमा थाहा पाउन सकिनेछ । फरक-फरक नोटिफिकेसनका लागि फरक-फरक रंगका फ्ल्यास पनि प्रयोग गर्न सकिने बताइएको छ । यसका साथै अब प्रयोगकर्ताले धेरै ठूलो आवाजमा लामो समयसम्म कुनै संगित वा अन्य केही आवाज सुनिरहेका छन् भने फोनले नोटिफिकेसन पठाउनेछ जसले आवाज कम गर्नको लागि आग्रह गर्नेछ । 

५. कस्टमाइज लकस्क्रिन

एन्ड्रोइड १४ को अपडेटसँगै प्रयोगकर्ताले आफ्नो फोनमा विभिन्न एआई जेनेरेटेड वालपेपर सहित आफ्नो लकस्क्रिन परिवर्तन गर्न सक्नेछन् । यो फिचर भने सुरुमा पिक्सेल फोनहरूमा उपलब्ध हुनेछ । यसका साथै मटेरियल युमा धेरै फिचरहरू थप भएको कम्पनीले जनाएको छ । 

६. स्वाइप फिचर 

एन्ड्रोइड १४ मा स्वाइप फिचरमा पनि कम्पनीले थोरै परिवर्तन गरेको छ । अब प्रयोगकर्ताले एउटा एपबाट अर्को प्रयोग गरिरहेको एपमा स्वाइप गर्दा स्क्रिनमा स्लाइड गर्नेबेला अर्को एप पूर्ण रुपमा खोल्नु भन्दा अगाडि सो एपमा के छ भनेर देख्न सकिन्छ । यो फिचर स्पोटिफाइको फिचरसँग मिल्दोजुल्दो छ । 

७. वान-स्टप हेल्थ शप 

गुगलले हालै नयाँ हेल्थ कनेक्ट एप सार्वजनिक गरेको छ । यो एप प्रयोग गरेर आफ्नो हेल्थ डेटा विभिन्न डिभाइसमा शेयर गर्न सकिनेछ । अब आउने नयाँ एन्ड्रोइड स्मार्टफोनहरूमा यो एप पहिले नै इन्स्टल भएर पनि आउन सक्नेछ । 

८. हेयरिङ एड फिचर अपडेट 

अब तपाईँ कस्तो प्रकारको आवाज सुन्न चाहनुहुन्छ भन्ने कुरा तपाईँको एयरबडमा मात्र सीमित हुनेछैन । जुन प्रकारको इयरबडमा पनि तपाईँले आफ्नो आवश्यकता अनुसारको आवाज छनोट गर सुन्न सक्नुहुनेछ । यसको अर्थ, गितको लागि, फोन कलको लागि अथवा अन्य कुनै मिडियाका लागि फरक फरक आवाज छनोट गर्न सकिनेछ । 

९. स्मार्ट फाइल ट्रान्सफर 

गुगलले फोनमा ब्याकअपको लागि नयाँ एपीआई तयार गरेको छ । यो फिचर प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो डेटा शेयरिङ गर्ने समयमा मोबाइलमा ध्यान दिएर बस्न जरुरी छैन । यसले डेटा ट्रान्सफर गर्दा त्यो प्रक्रिया पुरा नभएसम्म स्वत: काम गरिरहनेछ । साथै केही कारणले गर्दा कनेक्सन टुटेको अवस्थामा डेटा शेयरिङ रोकिनेछ भने डिभाइस कनेक्ट भएपछि पुन: शेयरिङ स्वत: सुचारु हुनेछ । 

१०. ठूला अक्षर 

आखाँ कमजोर भएका प्रयोगकर्ताको लागि एन्ड्रोइड १४ मा नयाँ फिचर छ । अब कुनै पनि अक्षरलाई २०० प्रतिशतसम्म ठूलो बनाएर हेर्न र पढ्न सकिनेछ । साना अक्षर पढ्न समस्या भएका प्रयोगकर्ताको लागि यो फिचर उपयुक्त हुनेछ । 

 


 

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० १४:२