close

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

टेकपाना टेकपाना

जेठ १, २०८० १३:४४

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब अनलाइनबाटै नो अब्जेक्सन लेटर (एनओसी) लिन सक्ने भएका छन् । सानो ठिमीस्थित एनओसी कार्यालयमा साेमबार एक समाराेह गर्दै सरकारले याे सेवा सार्वजनिक गरेकाे हाे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यो सेवाको उद्घाटन गरे । याेसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि  आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैंले प्रिन्ट गरी प्रयोग गर्नसक्ने व्यवस्था गरिएको छ ।

साे अवसरमा बाेल्दै मन्त्री राईले विद्यार्थीले घरमै बसेर आवेदन फारम भर्नसक्ने, फारमको भुक्तानी गर्नसक्ने र आफैंले प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गर्नसक्ने बताए ।

"लामो समयदेखि यो सेवालाई अनलाइन बनाउनुपर्छ भन्ने माग स्वत: सम्बोधन भएको छ," उनले भने, "अहिले यो प्रणाली ६० प्रतिशत मात्र तयार भएपनि छिट्टै नै यसलाई ९९ प्रतिशत तयार गर्नेछौं ।"

अहिले पनि केही कामको लागि कार्यालयमा नै जानुपर्ने व्यवस्था भएपनि यो बाध्यता पनि चाँडै हट्ने उनले प्रतिबद्धता जनाए ।

साथै आउने दिनमा मन्त्रालयले वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरूको अवस्था के छ, कुन-कुन विश्वविद्यालय वा कलेजमा गएका हुन्, शैक्षिक संस्था परिवर्तन गरेकि गरेनन् लगायतका विभिन्न जानकारीहरूको रेकर्ड राख्न मिल्ने प्रणालीमा काम गरिएको पनि उनले बताए ।

अनलाइन मार्फत एनओसीको आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १३:४४