close

विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै अन्तरराष्ट्रिय दूरसञ्चार दिवस

टेकपाना टेकपाना

जेठ ३, २०८० ८:४१

विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै अन्तरराष्ट्रिय दूरसञ्चार दिवस

काठमाडौं । आज विश्वभर वर्ल्ड टेलिकम्युनिकेसन एण्ड इन्फरमेसन सोसाइटी (डब्लूटीआईएसडी) दिवस मनाइँदैछ । यस अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न कार्यक्रम गरेर यो दिवस आज मनाउँदैछ । 
अन्तरराष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) स्थापना भएको दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । 

विश्वको हरेक कुनालाई जोडेर सबै फरक संस्कृतिबीच सम्बन्ध स्थापित गराउने दूरसञ्चारको महत्व र शक्तिको सम्झनामा यो दिन मनाउने गरिन्छ ।

यो दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले मनाउन सुरु गरेको हो । सन् २०१५ अघि यो दिनलाई विश्व दूरसञ्चार दिवसको रुपमा मात्र मनाउने गरिन्थ्यो । तर पछि संयुक्त राष्ट्रसंघले यसमा सूचना समाज दिवसको नाम समेत थपेको छ ।

सञ्चारको प्रयोग र प्रविधिबाट सम्भव भएको सकारात्मक परिवर्तनहरूको चर्चा गर्न यो दिवस मनाइँदै आएको छ ।  


 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० ८:४६