close

बेलायतमा पनि सुरु भयो फेसुबक र इन्स्टाग्रामको सशुल्क भेरिफिकेसन सेवा

टेकपाना टेकपाना

जेठ ३, २०८० १४:३०

बेलायतमा पनि सुरु भयो फेसुबक र इन्स्टाग्रामको सशुल्क भेरिफिकेसन सेवा

काठमाडौं । मेटाले बेलायतमा पनि फेसुबक र इन्स्टाग्रामको सशुल्क अकाउन्ट भेरिफिकेसन फिचर सुरु गरेको छ । अब बेलायतका प्रयोगकर्ताहरूले ट्वीटरको जस्तै आफ्नो फेसबुक र इन्स्टाग्राममा ब्लु चेकमार्क राख्नको लागि शुल्क तिर्नुपर्नेछ ।

अमेरिकामा यो फिचर प्रयोग गर्नका लागि १२ डलर देखि १५ डलर प्रति महिना शुल्क तिर्नुपर्छ भने बेलायतमा भने वेब भर्सनको लागि १० पाउन्ड मासिक शुल्क तिर्नुपर्छ । साथै आईओएस र एन्ड्रोइड डिभाइसबाट लगइन गर्नका लागि भने १२ पाउन्ड प्रति महिना तिर्नुपर्ने हुन्छ ।

यो सशुल्क भेरिफिकेसन प्रयोग गर्नका लागि प्रयोगकर्ताले सरकारबाट जारी भएको कुनै पनि परिचयपत्र सब्मिट गर्नुपर्ने हुन्छ । यद्यपि ट्वीटरमा भने यो नियम लागू भएको  छैन । यस्तै भेरिफाइड प्रयोगकर्ताले आफ्नो प्रोफाइलको नाम, फोटो, युजरनेम र जन्ममिति परिवर्तन गर्न पाउँदैनन् । 

कम्पनीले भने यो फिचर अहिले पनि परीक्षणको चरणमा नै रहेको र आउने दिनमा आवश्यक परिवर्तन गर्दै लैजाने बताएको छ । अहिलेसम्म मेटाले यो फिचर अमेरिका, बेलायत, अष्ट्रेलिया र न्युजिल्यान्डमा परीक्षण गरिरहेको  छ ।  
                  

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० १४:३१