close

फेसबुक ह्याक गरी ठगी गर्ने ३३ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

जेठ ७, २०८० १७:३३

फेसबुक ह्याक गरी ठगी गर्ने ३३ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल ह्याक गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीका ३३ वर्षीय कपिल गहतराज रहेका छन् । 

साइबर ब्यूरोका अनुसार पीडित महिलाले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको उजुरी दिएकी थिइन् ।

जसमा अकाउन्ट ह्याक गरेर पीडकले मेसेन्जर मार्फत आफ्ना आफन्तसँग कुराकानी गरी विभिन्न झुट्टा बहाना बनाएर समस्या देखाई रकम माग गरी ठगी गरेको उल्लेख थियो । उनले पीडकलाई कानुन बमोजिम कारबाहीका लागि ब्युरो निवेदन दिएकी थिइन् । 

साइबर ब्युरोले उक्त घटनामा अनुसन्धान गर्दै जाँदा गहतराजलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका गहतराजमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको ब्युरोले उल्लेख गरेको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १७:३३