close

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानी गर्दा १ हजार क्याश ब्याक, सँगसँगै वनप्लस ११ जित्ने मौका

टेकपाना टेकपाना

जेठ ९, २०८० ११:४६

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानी गर्दा १ हजार क्याश ब्याक, सँगसँगै वनप्लस ११ जित्ने मौका

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रत्येक प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्याश ब्याक पाउने अफर सार्वजनिक गरेको हो । 

साथै यस्ता प्रयोगकर्ताले वनप्लस ११ जित्ने मौका पनि पाउने बताइएको छ । खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत यो अफर ल्याइएको हो । जसअन्तर्गत खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक जना विजेताले बम्पर उपहार स्वरुप वनप्लस ११ स्मार्टफोन, हरेक हप्ता स्मार्ट टिभी, स्मार्ट ब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन् ।

यस अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन १६० जित्न पनि योग्य हुने छन् । साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा १०० रुपैयाँभन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको स्क्य्राच कार्ड प्राप्त गर्नेछन्

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा अन्तर्गत उपलब्ध विभिन्न अफरले प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा उपलब्ध क्याश ब्याक यही ३२ जेठसम्म मान्य हुने बताइएको छ भने बाँकी बम्पर उपहारहरूमा ३१ असारसम्म सहभागी हुन सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० ११:४६