close

एआई च्याटबटबाटै भिडिओ सर्च गर्न मिल्ने फिचर ल्याउँदै टिकटक

टेकपाना टेकपाना

जेठ १२, २०८० १२:२८

एआई च्याटबटबाटै भिडिओ सर्च गर्न मिल्ने फिचर ल्याउँदै टिकटक

काठमाडौं । टिकटकले प्रयोगकर्ताको लागि नयाँ एआई च्याटबट फिचर ल्याउने भएको छ । यो च्याटबट टिकटकको सर्च बक्समा प्रयोग हुनेछ । 

'टाको' नाम दिइएको यो एआई च्याटबट प्रयोग गरेर प्रयोगकर्ताले आफूले हेर्न चाहेका भिडिओहरू सजिलै खोज्न सक्नेछन् । साथै यो च्याटबटले ट्रेन्डिङमा रहेका सामग्रीहरू पनि प्रयोगकर्तालाई हेर्न सुझाउनेछ । 

हाल कम्पनीले फिलिपिन्समा यो फिचरको परीक्षण गरिरहेको छ । यो फिचर आईकन स्क्रिनको दाहिनेपट्टि नै हुनेछ । उक्त आईकनमा क्लिक गरेर प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्नेछन् । 

केही समय अगाडि स्न्यापच्याटले सार्वजनिक गरेको एआई फिचर प्रयोगकर्ताले रुचाएका थिएनन् । यद्यपि स्न्यापच्याटको 'माइ एआई' भन्दा टिकटकको 'टाको' केही फरक हुने अनुमान गरिएको छ । योसँगै कम्पनीले एआई जेनेरेटिभ अवतार पनि छिट्टै नै ल्याउने कुरा छ । तर यो फिचर भने सिमित हुने बताइएको छ ।                             

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० १२:२८