काठमाडौं । खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि नयाँ अफर लिएर आएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले नबिल बैंकको खाता खल्तिमा लिङ्क गर्दा १०० रुपैयाँ बोनससँगै उपहारमा ३२ इन्चको स्मार्ट टि.भी जित्ने मौका पाउनेछन् ।
साथै बम्पर उपहारको रुपमा ४३ इन्चको स्मार्ट टिभी पनि जित्न सकिनेछ भने 'खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन् । प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गरेर पहिलो भुक्तानी गर्दा १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् ।
यसरी बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ता मध्ये एक बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्न सक्नेछन् ।
यसका साथै , खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपन प्राप्त गर्न सक्नेछन् भने कुनै पनि दुई भुक्तानी पूरा गर्दा पल्सर एन १६० जित्न सक्नेछन् ।