close

लगानीका क्षेत्रको सम्पूर्ण विवरण भएको राष्ट्रिय पोर्टल तयार गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:२८

लगानीका क्षेत्रको सम्पूर्ण विवरण भएको राष्ट्रिय पोर्टल तयार गरिने

काठमाडौं । सरकारले विदेशी तथा स्वदेशी लगानीकर्तालाई आर्कषित गर्न आवश्यक सम्पूर्ण विवरण सहितको राष्ट्रिय पोर्टल तयार गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको सहजीकरणका लागि लगानी क्षेत्रका सम्पूर्ण विवरण सहितको पोर्टल तयार गरिने बताएका हुन् ।

उक्त पोर्टलमा देशभित्र रहेका सबै लगानीका क्षेत्रहरु, लगानीका अवसर, कानुनी तथा नीतिगत व्यवस्था, प्रोत्साहन सम्बन्धी व्यवस्था लगायतका विवरण हुने उनले बताए ।

यसका साथै सोही पोर्टलमा लागनी फिर्ताका प्रावधान र प्रक्रिया लगायतका लगानीकर्तालाई आवश्यक सम्पूर्ण सूचना समावेश गरिने मन्त्री महतले बताए ।

साथै उद्योग दर्ता, लगानी स्वीकृति लगायतका सेवालाई एकल विन्दु सेवा केन्द्रबाट विद्युतीय प्रणाली मार्फत प्रदान गर्ने व्यवस्था पनि लागू गर्ने उनले बताए । 

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:१४