काठमाडौं । विद्यालय तहका शिक्षकले अनलाइनमा उपलब्ध विभिन्न वेबसाइट प्रयोग गरी कक्षाकोठामा विद्यार्थीलाई आकर्षण गर्न सक्छन् । त्यस्ता टुलले कक्षाकोठा आईसीटीमैत्री हुनुका साथै विद्यार्थीले नयाँ तरिकाले सिक्न समेत पाउँछन् ।
यसबाहेक शिक्षक स्वयंले आफ्नो ज्ञान बढाउन ती टुल प्रयोग गर्न सक्छन् । आज हामी यस प्रकारका १० अनलाइन गेमबारे जानकारी दिँदै छौँ ।
खेल्दै सिक्नु भनेको सबैभन्दा स्तरीय सिकाइ हो । यसैले गुगल आर्ट्स एन्ड कल्चर ल्याबका डेभलपकर्ताहरूले निकै रोमाञ्चक गेम बनाएका छन् ।
यस गेममा कला, संस्कृति र इतिहासका कुरा समावेश गरिएको छ । यी विषय खेल्दै सिक्नु कस्तो आनन्द !
यस वेबसाइटमा बहुवैकल्पिक हाजिरीजवाफ खेलेर गरिब मानिसहरूलाई खाना उपलब्ध गराउन सकिन्छ ।
यस प्लेटफर्ममा सहभागीले एउटा प्रश्नको सही उत्तर दिएर संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमको लागि १० दाना चामल दिन सक्छन् ।
यो प्लेटफर्म धेरै गेमको संङ्कलन हो । यसमा बालबालिकाका लागि १५० बढी रमाइला नि:शुल्क खेल छन् ।
यसमा गणित, भाषा, कला, टाइपिङ लगायतका थुप्रै क्षेत्रका खेल समावेश गरिएको छ ।
यस वेबसाइटको प्रयोग गरेर तपाईंले चाहनुभएको कुरा वैज्ञानिक अल्बर्ट आईन्सटाइनलाई लेखाउन सक्नुहुन्छ ।
ती अक्षर उनले कालोपाटीमा लेखिए जस्तै देखिन्छन् । यसमा ठ्याक्कै लेखेजस्तो मिलाउन भने ‘स्पेस’ र ‘इन्टर’को प्रयोग गर्नुपर्ने हुन्छ ।
कक्षाकोठालाई निकै रमाइलो र आकर्षक बनाउन चाहिने धेरै जसो टुल यहाँ सङ्कलन गरिएको छ ।
गेम, हाजिरीजवाफ, ग्राफिक्स डिजाइन लगायत धेरै टुल यहाँ छन् । यसमा र्यान्डम नेम पिकर, फिसबोन, ह्विल अफ लाइफ जस्ता निकै आकर्षक गेम रहेका छन् ।
यो एक भूगाेल सम्बन्धीको खेल हो । यसमा ४०० बढी प्रकारका क्विज छन् । सन् १९९८ मा नै बनाइएको यो गेम सन् २०११ बाट अनलाइनमा उपलब्ध हुन थालेको हो ।
हाल यो ४० बढी भाषामा उपलब्ध छ । शिक्षकले सामाजिक विषय पढाउँदा यो वेबसाइट निकै उपयोगी हुन सक्छ ।
बालबालिकालाई खाना पकाउन सिकाउन यो वेबसाइट निकै उपयोगी छ ।
प्रयोगात्मक कक्षा हुँदा शिक्षकले यसलाई प्रयोग गर्न सक्छन् । विशेषत: यसमा स्वादिष्ट खाना बनाउने सम्बन्धी विभिन्न स्रोत दिइएको छ ।
यस साइटमा बालबालिकाले भिन्न तरिकाले सिकाइ अनुभव गर्न सक्छन् । यहाँ उमेर अनुसार फरक-फरक गेम दिइएको छ ।
यसले गर्दा उनीहरू खेल्दै सिक्न सक्छन् । जस्तो: यहाँ अक्षर तथा अङ्क चिन्न, दिमाग लगाउनुपर्ने खालका सामान्य गेमबाट उनीहरूले ज्ञान लिन सक्छन् ।
बालबालिकालाई प्रोग्रामिङ ल्याङ्ग्वेजको अवधारणाहरू सामान्य खालका गेमबाट बुझाउन यो वेबसाइट निकै उपयोगी हुन्छ । उनीहरू सामान्य खालका कमाण्ड (पछि कोड) का आधारमा फजलहरू समाधान गर्न सक्छन् ।
यसमा उनीहरूले साथीहरूसँग पनि प्रतिस्पर्धा गर्दै खेल खेल्न सक्छन् । विशेषत: बालबालिकाको तार्किक र समस्या समाधान गर्ने सीप विकास गर्नमा यो वेबसाइट निकै उपयोगी हुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १३:५३
