close

केपी ओलीको व्यङ्ग्यः अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे छैनन्

टेकपाना टेकपाना

जेठ २३, २०८० १६:१७

केपी ओलीको व्यङ्ग्यः अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे छैनन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे नभएको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा ओलीले अर्थ मन्त्रालयमा बजेटको निर्णय टाइप गर्ने मान्छे नभएको भन्दै अर्थमन्त्रीमाथि व्यङ्ग्य गरेका हुन् ।

"यत्रो वर्षमा हवाई जहाज बनाउने मान्छे पनि आए, उडाउने मान्छे पनि आए, कम्प्युटर बनाउने पनि आए, चलाउने पनि आए, आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, यहाँ डेटा इन्ट्री गर्ने मान्छे पनि छैन," ओलीले भने ।

उनले अगाडि भने, "राष्ट्रपति ज्यूले १० जना कांग्रेसका नेताहरूलाई मन्त्रीस्तरकाे सुविधा दिएर फनफनी घुमाएर राख्नुभएको छ । अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे छैन । अर्थमन्त्रीजी टाइप गर्ने मान्छे त्यही एउटा छ के गर्ने भन्नुहुन्छ ।"

बजेट निर्माणमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठकाे संलग्नतालाई लिएर एमालेसहितका दलले प्रश्न उठाएका थिए । जवाफमा अर्थमन्त्री महतले आफूसँग बजेट निर्माण गर्नका लागि कम समय भएको र टिमले रामकृष्ण श्रेष्ठ नै योग्य, अनुभवी तथा दक्ष व्यक्ति भएको भन्ने सुझाव दिएपछि डेटा इन्ट्री गर्न लगाएको बताएका थिए । महतले भने, "दुई महिनामा मसँग समय नभएकाले सिस्टमले जसलाई विश्वास गर्‍यो, त्यही व्यक्तिलाई टाइप गर्न लगाएका हौं ।"

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १०:३८