close

ताइवानी ब्राण्ड ‘प्रोमेट’ का मोबाइल एक्सेसरिज नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ २४, २०८० १६:१९

ताइवानी ब्राण्ड ‘प्रोमेट’ का मोबाइल एक्सेसरिज नेपाली बजारमा

काठमाडौं । ताइवानकाे इलेक्ट्राेनिक्स ब्राण्ड ‘प्रोमेट’ नेपाली बजारमा भित्रिएकाे छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै आयातकर्ता तथा वितरक सेल्लुसिटी इन्टरनेसनल प्रालिले यो ब्राण्ड भित्र्याएको जानकारी दिएकाे छ ।

प्रविधिसम्बन्धी जानकारी राख्ने र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकता पूरा गर्ने उद्देश्यसहित यो ब्राण्ड नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत प्राेमेट ब्राण्डका स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डेटा केबल, कार चार्जर, इयरबड, हेडफोन, यूएसबी हब लगायतका अन्य विद्युतीय उपकरण उपलब्ध गराइएकाे छ । 

यी सामानहरू गुणस्तरीय र टिकाउ भएकाे कम्पनीको दाबी छ ।

कम्पनीले यी सामग्री अनलाइनमार्फत देशभर बिक्रीवितरण गर्ने भएको छ । यसका लागि दराज अनलाइज स्टोरसँग सहकार्य गरिएको छ ।

कम्पनीले ब्राण्डको स्मार्टवाचमा १२ महिना र अन्य सबै सामग्रीमा २४ महिनाको वारेन्टी दिएको छ ।

त्यस्तै ब्राण्डलाई नेपालमा भित्र्याएको उपलक्ष्यमा दराजमा ‘फ्ल्याश सेल’ नामको विशेष अफर ल्याइएको छ । जसअन्तर्गत प्राेमेट ब्राण्डका सामान खरिद गर्ने दुई जना ग्राहकले सुनको सिक्का र १५० ग्राहकले ३० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै लक्डी ड्र मार्फत पाँच जनालाई प्रोमेटका सामग्री ९९ रूपैयाँमा प्रदान गर्ने योजना ल्याइएकाे छ ।

सन् २०१७ मा स्थापना भएको सेल्लुसिटी इन्टरनेसनल प्रालिले भिभो, एङ्कर, न्वाइज जस्ता मोबाइल फोन नेपाली बजारमा विस्तार गरेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १६:१९