close

गुगल डक्समा पेजलाई ल्यान्डस्केप बनाउने तरिका

टेकपाना टेकपाना

जेठ ३०, २०८० १३:३६

गुगल डक्समा पेजलाई ल्यान्डस्केप बनाउने तरिका

काठमाडौं । आजभोलि गुगल डक्समा काम गर्ने जमात बढ्दाे छ । सजिलै ब्याकअप बस्ने र फाइल शेयर गर्न सजिलो हुने भएकाले याे माइक्राेसफ्ट वर्डकाे राम्राे विकल्प बनेकाे छ ।

यसमा काम गर्दै गर्दा कहिलेकाहीँ पेजको ‘ओरियन्टेसन’ परिवर्तन गर्नुपर्ने हुन्छ । ​डस्कमा डिफल्टका रुपमा पोट्रेट पेज खुल्ने गर्छ । कहिलेकाहीँ प्रयोगकर्ताले ल्यान्डस्केप डकुमेन्टमा काम गर्नुपर्ने हुन्छ, यसका लागि यो फिचर निकै उपयोगी हुन्छ ।

 आज हामी तपाईंलाई यसैबारे जानकारी दिँदै छौं: 

-गुगल डक्स खोल्नुहोस् ।

तपाईंले गुगल ड्राइभबाट अथवा सिधै यहाँ क्लिक गरेर गुगल डक्स खोल्न सक्नुहुन्छ ।

-'फाइल' मा क्लिक गर्नुहोस् ।

अब गुगल डक्समा नयाँ पेज खोल्नुहोस् । माथि मेनु बारमा भएको 'फाइल' मा क्लिक गर्नुहोस् ।

-पेज सेटअपमा जानुहोस् ।

अलि तल ‘फाइल सेटअप’ को विकल्प देखिन्छ । त्यहाँ क्लिक गर्नुहोस् ।

 

 

-ओरियन्टेसन परिवर्तन गर्नुहोस् ।

अब नयाँ बक्स देखिन्छ । त्यहाँ ओरियन्टेसन सेक्सनबाट ‘ल्यान्डस्केप’ चयन गर्नुहोस् । 

 

-मार्जिन मिलाउनुहोस् ।

हुन त यो विकल्प मात्र हो । त्यसरी पेजको ओरियन्टेसन परिवर्तन गर्दा तपाईंले आवश्यकता अनुसार मार्जिन मिलाउन सक्नुहुन्छ । अब तल रहेको ‘ओके’ मा प्रेस गर्नुहोस् । 

यति गर्नु भएपछि तपाईंले पेजलाई ल्यान्डस्केपमा बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १३:५०