close

नेपालमा रहेका आफ्ना आफन्तलाई विदेशबाटै केएफसी र पिज्जा हटका परिकार अर्डर गर्न सकिने

टेकपाना टेकपाना

जेठ ३१, २०८० १०:५१

नेपालमा रहेका आफ्ना आफन्तलाई विदेशबाटै केएफसी र पिज्जा हटका परिकार अर्डर गर्न सकिने

काठमाडौं । हाम्रो पात्रो अन्तर्गतको 'हाम्रो गिफ्ट्स' बाट अब विदेशबाट नेपालमा रहेका आफन्तका लागि खानेकुरा अर्डर गर्न सकिने भएको छ । 

हाम्रो गिफ्ट्सले नेपालमा रहेका आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई विस्तार गर्न देवयानी इन्टरनेशनल नेपालसँग सहकार्यका लागि सम्झौता गरेको हो ।

देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी (KFC) र पिज्जा हट (Pizza Hut) का फास्ट फुड आउटलेट सञ्चालन गर्दै आएको छ।

सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के.एफ.सी. (KFC) र पिज्जा हट (Pizza Hut) का परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन् । 
 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १३:१७