काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ट्वीटर ट्रन्डिङमा परेका छन् । बिहीबार दक्षिण भारतीय चलचित्र आदिपुरुषलाई लिएर काठमाडौं महानगरभित्र चल्न नदिने चेतावनी दिएपछि ट्वीटरसँगै फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा उनकाे चर्चा भइरहेको छ ।
“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो सच्याउन ३ दिनको समय दिइएको छ ।”
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
— Balen Shah (@ShahBalen) June 15, 2023
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस । pic.twitter.com/4VwEhEgOki
उनले यस्तो पोस्ट गरेपछि सामाजिक सञ्जालमा बालेनबारे मिश्रित प्रतिक्रिया आएका छन् । अधिकांशले बालेनको कदमकाे प्रशंसा गरेका छन् भने केहीले आलोचना गरेका छन् ।
“शिक्षा बन्द गर्नु वा आदिपुरुषलाई काठमाडौं चल्न नदिनु विशुद्ध विवेकको कमी हो,” ट्वीटरमा पियुश नाम भएका एक प्रयोगकर्ता लेख्छन्, “उनी वास्तवमै मानिसले कडा परिश्रम गरी कमाएको पैसा वा पैसा कमाउन खोज्ने मानिसले काठमाडौंमा गरेका सङ्घर्षका बारेमा कुनै कुरा गर्दैनन् । बालेन शाहका कारण काठमाडौंको व्यापार दिनप्रतिदिन ओरालो लागेको छ ।”
Stopping education fair or not letting Adipurush to run in kathmandu is purely lack of sense. He really don’t give a shit about peoples hard earned money or for people trying to earn money. Kathmandu business is going down day by day mainly because of Balen shah.
— Piyush (@iPiyush_agr) June 15, 2023
यता सिद्धार्थ युजरनेम भएका प्रयोगकर्ता ट्वीटरमा लेख्छन्, “आदिपुरुषलाई प्रतिबन्ध लगाएकोमा बलेन शाहलाई धन्यवाद ! हामी नेपालीलाई चुस्लिम देखिने हनुमानजी र चप्री देखिने रावण हेर्न रुचि छैन र सीता मातालाई भारतीय भन्नु मूर्खता हो । सीता माता मिथिलाकी छोरी थिइन्, जुन अहिले नेपालको भूमि हो ।”
Kudos to Balen shah for Banning Adipurush
— Sidhharth 🇳🇵 (@GautamSidhhart1) June 16, 2023
We nepali aren't interested in watching Chuslim looking Hanuman ji and Chapri looking Ravan
And this is stupidity to say sita mata as Indian .Sita mata was Daughter of mithila which is the territory of Nepal at present time 🙏 https://t.co/ugYpFwKEIR pic.twitter.com/VjAFZWJC8W
रोहित मण्डल नाम भएका प्रयोगकर्ताले आदिपुरुष निर्मातालाई राम्रोसँग अध्ययन गर्न भन्दै बालेनको प्रशंसा गरेका छन् ।
" Sita is the daughter of Nepal " Power of Balen 👏 Do research properly Makers. Its not a joke @omraut @Offladipurush @kritisanon pic.twitter.com/MWwXJgr2U9
— Rohit Mandal (@iamofficalrohit) June 16, 2023
यसरी विभिन्न व्यक्तिले बालेन बालेन र सीताबारे आफ्ना धारणा दिँदा यी दुई नाम नेपालमा ट्रेन्डिङमा परेका छन् ।
यसो त हालै बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर भारत र नेपालमा चर्चा पाएका थिए ।
Makers of Adipurush remove controversial dialogue 'Sita is the daughter of India' after Kathmandu Mayor Balen Shah threatened to stall its release in Nepal https://t.co/MQd2gq1d76
— Sunil Paudel (@mama_shr33) June 16, 2023
Balen is elected not to provide water and electricity. It comes under federal government.....better have a look at the local government act 2074. A well-educated citizen should know who is the authorised person and raise voice for any issue to the right department.
— Millionaire's club (@Anup_771) June 16, 2023
एउटा शहर को मेयर आफ्नो देशको माया वा संविधान को पालना गर्छ भने मेरो नेपाल मा त बिदेशी दलाल को घुइँचो रहेछ and thank you so balen bro for greater nepal.
— prem subba (@premsubba1468) June 16, 2023
Its a fact and even the Indian Citizens are clarified that Sita was born in janakpurdham Nepal and Ram was from Ayodhya. But the filmmaker forgot to read the context properly which is the reason for the controversy. And Balen doesn't want the misinformation to spread.
— Existence001 (@Samboo_yt) June 16, 2023
सबैलाई थाहा छ सिता माता जनकपुर को हो यो एक अर्का मा झगडा बडाउने र सनातनि हरुलाई कमजोर देखाउने र पार्ने काम बन्द गराै। भारत मा गएर जसलाई सोदे पनि सिता माता नेपाल कै हुन् भन्छन् #Nepal #balen https://t.co/KVuqzNaBdr
— Shekhar gazurel (@GazurelShekhar) June 16, 2023
पछिल्लो अध्यावधिक: असार १, २०८० १३:२९
