close

अझै चलेनन् सरकारी वेबसाइट, नागरिकलाई सास्ती

टेकपाना टेकपाना

असार ६, २०८० ९:५२

अझै चलेनन् सरकारी वेबसाइट, नागरिकलाई सास्ती

काठमाडौं । मंगलबार साँझदेखि अवरुद्ध सरकारी वेबसाइट अझै नचलेको पाइएको छ । सरकारको एकीकृत डेटा सेन्टरमा हाेस्ट भएका अधिकांश वेबसाइट बिहीबार बिहानसम्म सञ्चालनमा आएका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलका अनुसार सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर विष्फोट भएपछि सरकारको एकीकृत डेटा सेन्टर लगायतको सिस्टम डाउन हुन पुगेको थियो । तर जीआईडीसीमा विद्युत आपूर्तिको समस्या हल भएपनि डेटा सेन्टर पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

अधिकांश मन्त्रालय, विभाग र सरकार मातहतका निकायहरूको वेबसाइट डाउन हुँदा जनसरोकारका सेवा प्रभावित हुन पुगेका छन् ।

पछिल्लो अध्यावधिक: असार ६, २०८० ९:५९