close

आईओएस भन्दा एन्ड्रोइड उत्कृष्ट भइसकेको छ: इन्स्टाग्राम प्रमुख

टेकपाना टेकपाना

साउन ३, २०८० १०:४२

आईओएस भन्दा एन्ड्रोइड उत्कृष्ट भइसकेको छ: इन्स्टाग्राम प्रमुख

काठमाडौं । इन्स्टाग्रामका प्रमुख आदम मुसेरीले पछिल्लो समयमा आईओएस भन्दा एन्ड्रोइड उत्कृष्ट भइसकेको अभिव्यक्ति दिएका छन् । 

युट्युबर मार्कस ब्राउनलिले थ्रेड्समा गरेको एक पोस्टमा रिप्लाइ दिदेँ आदमले आफ्नो अभिव्यक्ति राखेका हुन् ।

मार्कसले प्रविधिको क्षेत्रमा भएको तपाईँको धारणा राख्नुहोस् भन्ने पोस्टमा रिप्लाई गर्दै आदमले 'अहिले आईओएस भन्दा एन्ड्रोइड राम्रो छ' भनेर रिप्लाइ ​गरेका थिए । 

उनले कुनै समयमा आईओएस राम्रो अपरेटिङ सिस्टमको रुपमा परिचित भए पनि अहिले आएर एन्ड्रोइड राम्रो भएको भन्ने आशयका साथ उक्त पोस्टमा रिप्लाइ दिएको देखिन्छ । 

उनको रिप्लाइमा कमेन्ट गर्दै धेरैले उनको समर्थन गरेका छन् भने केहीले भने विवादमा आउनका लागि उनले यस्तो अभिव्यक्ति दिएको भन्दै उनलाई यसो नगर्न आग्रह पनि गरेका छन् ।   

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १०:४२