close

टर्कीमा ७ लाख टिकटक अकाउन्ट ह्याक

टेकपाना टेकपाना

साउन ३, २०८० १६:३९

टर्कीमा ७ लाख टिकटक अकाउन्ट ह्याक

 

काठमाडौं । टर्कीमा राष्ट्रपति चुनावको माहोलको समयमा करिब सात लाख टिकटक अकाउन्ट ह्याक भएका छन् । फोर्ब्सका अनुसार टिकटकले आफ्नो सुरक्षा कमजोरीलाई समयमै सम्बोधन गर्न नसक्दा यो समस्या आएको हो । 

एक वर्षअघि नै बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले प्लेटफर्मको सुरक्षा कमजोरीको विषयमा टिकटककाे मातृकम्पनी बाइटडान्सलाई सचेत गराएको थियो । तर बाइटडान्सले कुनै चासो नदिँदा टर्कीका करिब सात लाख टिकटक प्रयोगकर्ताको ईमेल, च्याट लग लगायत अन्य विवरणमाथि ह्याकरकाे पहुँच पुगेको फोर्ब्सले उल्लेख गरेको  छ ।

यसका लागि प्रयोगकर्ताले 'ग्रेरुटिङ' प्रणाली प्रयोग गरेको बताइएको छ । ग्रेरुटिङ भनेको अन्तर्राष्ट्रिय दूरसञ्चार सम्झौताहरूले तय गरेका शुल्कहरू बाइपास गर्न असुरक्षित च्यानलमार्फत एसएमएस (सन्देश) पठाउनु हो । 

ग्रेरुटिङको अनुमान प्रारम्भिक अनुसन्धानबाट आएको कुरा हो । यद्यपि के कारणले गर्दा यो घटना भयाे भन्ने विषयमा थप अध्ययन भइरहेको छ । यो ह्याकिङ टिकटककाे इतिहासकै सबैभन्दा ठूलो भएको फोर्ब्सले उल्लेख गरेको छ ।

यो विषयमा फोर्ब्सलाई प्रतिक्रिया दिँदै कम्पनीका प्रवक्ता एलेक्स होरेकले आफ्नो प्लेटफर्मको सुरक्षा कमजोरीमा संवेदनशील भएको र कम्पनीले प्रयोगकर्ताको अकाउन्ट फिर्ता गर्न तत्काल कदम चालेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १६:३९