टेकपाना
साउन ६, २०८० १८:२
काठमाडौं । एनएमबि बैंकले जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने सुविधा ल्याएको छ ।
बैंकको मोबाइल बैंकिङ एव वेबमार्फत अन्तरबैंक कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सुविधा साउन मसान्तसम्म लागू हुनेछ ।
सहज र प्रभावकारी रूपमा परिवार र साथीहरूलाई पैसा पठाउन तथा व्यापारिक लेनदेन गर्न यो सुविधाले सहयोग पुर्याउने बैंकको विश्वास छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८० १८:२